अखिल क्रान्तिकारी कञ्चनपुरको एकता भेला शैक्षिक बिकृती बिरुद्धमा शसक्त रुपमा प्रंस्तुत हुुनु ः सुप प्रदेश इन्चार्ज धानुक

कञ्चनपुर, २९ साउन । अखिल क्रान्तिकारी कञ्चनपुरको एकता भेला सम्पन्न भएको छ । सोमबार महेन्द्रनगरमा क्रान्तिकारी कम्युनिष्ट पाटी निकट अखिल क्रान्तिकारीको एकता भेला सम्पन्न भएको हो ।

 

अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य तथा सुप प्रदेश इन्चार्ज सुरेन्द्र धानुकले क्रान्तिकारी कञ्चनपुरको एकता भेला, प्रशिक्षण तथा बैठक सम्पन्न भएको बताए ।
विशेष अतिथि समेत रहेका क्रान्तिकारी सुप प्रदेश इन्चार्ज धानुकले भेला, बैठकबाट बिरेन्द्र नाथको संयोजकत्वमा २१ सदस्यीय आयोजक कमिटि विस्तार गरिएको बताए ।

उनका अनुसार आगामी मंसिरमा हुने राष्ट्रिय भेला सम्पन्न गर्नका लागि जिल्लामा सम्मेलन गरिसक्नेदेखि शैक्षिक बिकृती बिरुद्धमा शसक्त भएर उठान गर्ने बताए ।

कार्यक्तमका प्रमुख अतिथि समेत रहेका क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य तथा कञ्चनपुर इन्चार्ज शिखरले समेत प्रशिक्षण दिदै विद्यार्थीलाई शैक्षिक विकृती र सुधारका क्षेत्रमा काम गर्न आब्हान गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित