भीमदत्तको वाढीप्रभावित क्षेत्रमा उपप्रमुख लेखकद्वारा अनुगमन सडक विस्तारदेखि तटबन्ध निर्माणका लागि प्रतिबद्धता

63
VIEWS

कञ्चनपुर, साउन २९ ।कञ्चनपुरको भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखक(जोशी)ले नगरको वाढीप्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेकी छिन ।

दुई सातादेखि अबिरल रुपमा परिरहेको बर्षातका कारण महाकाली नदी सहित चुरेबाट बग्ने खोलानालामा आएको वाढीले कटानी सहितका डुवान, सडक अवरुद्ध गरिएका क्षेत्रमा निरन्तर उपप्रमुखले अनुगमन गर्दै आएकी हुन ।

भीमदत्त नगरकी उपप्रमुखले वाढी प्रभावित क्षेत्रमा निरन्तर काम गर्दै आएकी छिन । उपप्रमुखको सचिवालयका अनुसार भीमदत्त नगरपालिका १४स्थित शान्ति आधारभूत विद्यालय डुवान क्षेत्र, भीनपा ८ र १० जोड्ने नालाको कटानी क्षेत्र, भीनपा ९ ब्रम्हदेब कटानी क्षेत्र, भीनपा ११भुजेला नदी सहितका विवित कटानी क्षेत्रको स्थलगत अनुगमन गरेकी छिन ।

झिलमिला र खल्ला मछेटी सडक अवरुद्ध भएको स्थानको समेत अनुगमन गर्दै जेसिभी लगेर खल्लामछेट्टी र झिलमिलाको सडक खुलाउने काम शुरु गरिएको छ ।
अहिलेको वाढी प्रभावित क्षेत्रमा उपप्रमुखले निरन्तर सकृयता देखाएपछि स्थानीय समेत हर्षित भएका छन ।

भीमदत्त नगरकी उपप्रमुख निलम लेखक(जोशी)ले वाढीबाट प्रभावित जनतासंग भेटघाट, प्रभावित क्षेत्रको अनुगमन गर्दै पुर्ननिर्माणदेखि तटबन्धका कार्यक्तम संचालन गरिने बताईन ।

उपप्रमुख जोशीले जनताको समस्या मध्य नजर गर्दै पालिका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार