तस्करमाथि झलारी प्रहरीको डण्डा ! भारतबाट निर्वाध रुपमा झलारी बजार पुगेको अवैध समान बरामद गरी भन्सार चलान

कञ्चनपुर,
कञ्चनपुरको झलारी क्षेत्र सम्भवत जिल्लाकै मध्य भागमा पर्छ । झलारी सीमा क्षेत्रको बजार पनि होईन, जिल्लाकै मध्य भागको बजार हो । तर, झलारी बजारमा भारतबाट चोरी तस्करी गरी ल्याएका समान छ्यापछ्याप्ती भेटिन थालेका छन ।

भारतबाट निर्वाध रुपमा झलारी बजारमा पु¥याईएका समान ईलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा ल्याएको छ । भारतबाट खुलेयाम सहजै झलारी पुगेको अवैध समान इलाका प्रहरीकार्यालय झलारीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चक्र बहादुर शाहले ईप्रका झलारीका प्रहरी नायब निरीक्षक नवराज पाण्डेय नेतृत्वको टोलीले अवैध समान बरामद गरेर भन्सार बुझाएको बताए ।

प्रवक्ता शाहका अनुसार शुक्लाफाँटा १० झलारी स्थित बजारबाट बेवारिसे अवस्थामा रहेको १ लाख ७७ हजार ९०४ रुपैया बराबरको समान बरामद गरिएको छ । तस्कर समुहले भारतबाट भन्सार नकाटेरै ल्याएको समानमा रजाई गर्ने अकुत कमाउने योजना झलारी प्रहरीले चकनाचुर बनाएको छ ।

भारतबाट भन्सार चोरी छली ल्याएको समान झलारी प्रहरीले बरामद गरेर भन्सार बुझाएको छ । झलारीदेखि दक्षिण पश्चिम र पुर्वी दक्षिणमा भारतीय सीमा पर्दछ । सीमा क्षेत्रमा २४सै घण्टा सशस्त्र प्रहरी खटिएको छ । तर, समान कसरी भित्र्रिरहेको भन्दै स्वयम प्रहरी समेत हैरान भएका छन । समुदायको सुरक्षामा अहोरात्र खटिने नेपाल प्रहरीमाथि तस्कर समुह नियन्त्रणको थपभार परेको छ ।

सीमा क्षेत्रमा सशस्त्र प्रहरीले तस्कर समुहलाई नियन्त्रण नगरिदिदा सीमादेखि विच गाँउबस्ती शहर बजारमा पु¥याएका समान समेत बरामद गरेर प्रहरीलाई भन्सार बुझाउनुपर्ने बाध्यता छ । विगतका बर्षभन्दा अहिले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको दरिरो उपस्थिति छ, जनशक्ति पनि छ ।

तर, सीमा क्षेत्रबाट निर्वाध रुपमा अवैध समान नेपाल भित्रिने सशस्त्र प्रहरीले मुल प्रवेसद्वार सीमामा हुँदा नदेख्ने विच बस्तीमा रहेको नेपाल प्रहरीले अवैध समान बरामद गरेर भन्सार बुझाउनुपर्ने बाध्यताले कतै तस्करसंग सशस्त्र प्रहरीको सेटिङ्ग भएको स्थानीयले आशंका गरेका छन । स्थानीयले सशस्त्र प्रहरीसंग सीमा क्षेत्रबाटै कुनै प्रलोभनमा नपरि तस्करमाथि निर्मम हुन सुझाव दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित