कञ्चनपुरको सीमावर्ती क्षेत्रबाट हतियार सहित बेपत्ता भएका एसएसबी जवान १४ घण्टापछि फेला परेका छन् ‘

कञ्चनपुरको दोधारा चाँदनी पारि हतियारसहित बेपत्ता भारतीय सुरक्षा बल एसएसबी का जवान १४ घण्टापछि फेला परेका छन्। भारततर्फ मेलाघाटस्थित एसएसबीको कम्पनीबाट आइतबार राति १० बजेतिर हतियारसहित फरार भएका जवान सोमबार दिउँसो जंगलमा फेला परेका छन् ।

 

कम्पनी नजिकै जंगलमा सोमबार दिउँसो करिब १२ बजेतिर ती जवान हतियार सहित भेटिएको स्रोतले जनाएको छ। राति कम्पनीबाटै हतियारसहित जवान बेपत्ता भएपछि एसएसबीले नेपालतर्फ भाग्न सक्ने आशंकामा सीमा क्षेत्रमा निगरानी र नेपाली भूमिमा खोजीका लागि सशस्त्र प्रहरीलाई खबर गरेका थिए।

सशस्त्र प्रहरी र जनपद प्रहरीले दोधारा चाँदनीको नेपाली सीमा सिल गरेर नाकामा निगरानी गरेको थियो। सोमबार दिउँसो १२ बजेतिर १४ घण्टापछि कम्पनीनजिकै जंगलमा हतियारसहित जवान सकुशल फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले जानकारी दिएका छन् ।
‘एसएसबी हतियारसहित हराएपछि हामीलाई राति नै खबर गराइएको थियो, यता आएको आशंकामा सीमा क्षेत्रमा खोजी ग¥यौँ,’ उनले भने, ‘अहिले एसएसबीले भारतीय भूभागमै सकुशल फेला पारेको खबर गरेका छन्।’

कम्पनीमा ड्युटीमा खटिएका जवान फरार हुनुको कारण भने अझै खुल्न सकेको छैन। हतियारसहित कम्पनीबाटै जवान फरार भएपछि एसएसबीमा खैलाबैला मच्चिएको थियो। अहिले एसएसबीका डीआईजी नै कम्पनीमा पुगेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित