बेलडाँडीका अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउन निस्सा वितरण

बेलडाँडी,
कञ्चनपुरको बेलडाँडीमा अव्यवस्थित बसोबासी, भूमिहिन सुकुमबासी, भूमिहिन दलितलाई जमिनको मालिक अर्थात स्वामित्व दिलाउनका लागि निस्सा वितरण गरिन लागेको छ ।

चालु आर्थिक बर्षको पहिलो दिन आइतबार बेलडाँडी गाँउपालिकाले पाँचै वडाहरुलाई निस्सा हस्तान्तरण गरेको छ । यस अघि वडाबाट अव्यवस्थित बसोबासी, भूमिहिन सुकुमबासी, भूमिहिन दलितले दिएको आवेदन अनुरुप कम्प्युटरमा दर्ता गरेर लालपुर्जाको प्रकृयाका लागि गाँउपालिकाले वडालाई निस्सा हस्तान्तरण गरेको छ ।

बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र राना, उप प्रमुख शान्ति नाथले पाँचै वडाध्यक्ष क्रमम १ जग बहादुर विष्ट, २ नारद सिह उ¥र्याल, ३ दुर्गा प्रशाद चौधरी, ४ बिर ब.खडका र ५ ईन्द्र ब. खडकालाई निस्सा हस्तान्तरण गरिएको छ ।
अव्यवस्थित बसोबासी, भूमिहिन सुकुमबासी, र भूमिहिन दलित सेवा केन्द्रका प्रमुख हेमराज रेग्मीले पाँचै वडामा भूमिहिन दलित १२६, सुकुमबासी १७१ र अव्यवस्थित बसोबासी ४हजार ३१५ गर ४ हजार ६१२जना रहेको बताए ।

उनका अनुसार १मा भूमिहिन दलित २, अव्यवस्थित बसोबासी ६११ गरी ६सय १३, २मा भूमिहिन दलित ६५, सुकुमबासी ५४ र अव्यवस्थित बसोबासी १ हजार ३४९ गरी १ हजार ४६८, ३मा भूमिहिन दलित ३, सुकुमबासी २७ र अव्यवस्थित बसोबासी १हजार १७२गरी १ हजार २सय २ रहेका छन ।

४मा भूमिहिन सुुकुमबासी ८, अव्यवस्थित बसोबासी १४७गरी १सय ५५ र ५मा भूमिहिन दलित ४६सुकुमबासी ६९र अव्यवस्थित बसोबासी १ हजार १३ गरी १हजार १सय २८ रहेका छन ।

निस्सा वितरणमा नेकपा एमाले बेलडाँडीका नेता एव पाटी जिल्ला सचिवालय सदस्य अक्कल बहादुर विष्टले जनतालाई भूमिको अधिकार दिलाउनुपर्नेमा सुझाव दिए ।

नेपाली काँग्रेसका नेता एव बेलडाँडीका पुर्व सभापति हकदेव जोशीले भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणमा दिलाई गर्न नहुने बताए। गाँउ उपप्रमुख शान्ति नाथले जनताको भूमि अधिकारको काममा सहयोग गर्नुपर्ने आग्रह गरिने छ ।

गाँउ प्रमुख हरिशचन्द्र रानाले जनताको भूमि अधिकार सुनिश्चित गर्दै पालिकाबाट वडामा निस्सा हस्तान्तरण भएकाले अब वडाबाट जनतालाई निस्सा वितरणसंगै फिल्डको काम अघि बढाएर जनतालाई जमिनको मालिक बनाईने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित