सशस्त्र प्रहरीद्वारा सीमावर्ती दोधाराचाँदनीबाट प्रतिबन्धित अवैध कुखुरा बरामद

90
VIEWS

कञ्चनपुर, ७भदौँ । सशस्त्र प्रहरीले सीमावर्ती कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका क्षेत्रबाट प्रतिबन्धित कुखुरा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण मातहत रहेको प्रस्तावित सीमा सुुरक्षा गुल्म देविस्थानबाट खटिएको टोलीले प्रतिबन्धित कुखुरा बरामद गरेको हो ।

बिहीबार बिहान दोधाराचाँदनी ७ कञ्चनभोजमा भारतबाट नेपालतिर तस्करी भईरहेको अवस्था प्रतिबन्धित बोईलर कुखुरा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणका गणपति प्रेम बहादुर रावलले भारतबाट अवैध रुपमा तस्करी भईरहेको अवस्थामा २क्विन्टल १५ किलो बोईलर कुखुरा बरामद गरेर नष्ट गरिएको बताए । उनका अनुसार सात महिनाको अवधीमा भारतबाट अवैध रुपमा भित्रिन लागेको चार हजार, ८३५ किलो अवैध बोईलर कुखुरा बरामद गरेर नष्ट गरिएको छ ।

५ भदौँमा गृह मन्त्रालयले सीमा क्षेत्रमा अवैध चोरीतस्करी नियन्त्रण गर्ने सर्कुलर जारी गरेपछि पनि दोधाराचाँदनी देविस्थानको प्रस्तावित सशस्त्र प्रहरीको गुल्मले प्रतिबन्धिक कुखुरा बरामद गरेको छ ।

देविस्थान सशस्त्र प्रहरीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक भीम बहादुर चन्दले दोधाराचाँदनी सीमावर्ती क्षेत्रमा सीमा सुरक्षादेखि चोरी तस्करी नियन्त्रण गरेको भन्दै शैलेश्वरी गणले पुरस्कृत गरेको थियो ।

सशस्त्र प्रहरीले दोधाराचाँदनीमा गैर कानुनी चोरीतस्करी नियन्त्रण गर्न थालेपछि तस्कर समुह त्रसित भएका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार