बेलडाँडी, ९ भाद्र । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा कृष्णलिला लाग्ने भएको छ । बेलडाँडी गाउँपालिका वडा नं.३ मा रहेको राधाकृष्ण भुँइया मन्दिरमा यसै १६ गते देखि २२ गते सम्म श्री राधाकृष्ण धार्मिक ज्ञान यज्ञ कृष्णलिला कार्यक्रम लाग्ने भएको स्थानीय युवा समाजसेवी जयराम दहितले जानकारी गराउनु भयो ।
उहाँका अनुसार समाजमा मौलाउन थालेको बिक्रिति, कुसंस्कार, अमानविताको अन्त्य गर्नका लागि यस्तो कार्यक्रम गर्न थालिएको बताए । नेपाली भाषाका प्रखर कथा वाचक पुज्य श्री अच्युत शरण महाराज ज्यू (धिताल) बाट प्रवचन दिइने समेत वहाँले जनाउनु भयो ।
कार्यक्रमको तालिका यस्तो रहेको छ-
१. विहान ८ बजेबाट दिउँसो १२ बजेसम्म पुजापाठ पाठपारायण शालिग्राम परिक्रमा । २. दिउँसो १ बजेबाट साँझ ४ बजे सम्म कार्यक्रम प्रबचन तथा कृष्णालिला झाँकी सहित कलाकारहरुद्धारा भजन क्रितन । ३. साँझ ७ः३० बजेबाट राती १०ः३० बजे सम्म विभिन्न भाषाभाषिका भजन क्रितन तथा कृष्णलिला झाकी सहित ।
कर्यक्रमा गौदान, पितृदान, बाह्रमण भोजन एक दिनको रु २५ सय सहयोग गर्न पाइने । प्रसाद वितरण एक दिनको लागि रु २१ सय सहयोग गर्न पाइने समेत जनाइएको छ ।
Discussion about this post