बेलडाँडीमा सर्पदंस उपचार तालिम प्राप्त डक्टर छु तर सामग्री छैन ः डा. रवी रोकाया

बेलडाँडी,
बेलडाँडी गाउँपालिकामा रहेको बेलडाँडी स्वास्थ्य केन्द्रमा सर्प दंस उपचार तालिम प्राप्त डक्टर रहेको तर उपचारका क्रममा चाहिने आवश्यक सामग्री नभएका करण बेलडाँडी वासीले अकालमै ज्यान गुमाउनु परेको छ ।

बेलडाँडी स्वास्थ्य केन्द्रका एमविविएस डा. रबी रोकायाले गए राती सर्पको टोकाइबाट समयमै उचार नपाएर मृत्यु भएका बेलडाँडीकी महिला प्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै आफुमा भएको सीपको सामग्री अभावका कारण प्रयोग नुहन सकेको प्रति दुःख व्यक्त गरेका छन् ।

उनेले समाजिक सञ्जालमा पोष्टभएको समवेदनालाई सेयर गर्दै बेलडाँडीबासीहरुका दुःखलाई आत्मसात गरेका छन् । उने भनेका छन् साह्रै दुःख लाग्यो, हिजो राती म आफैले हेरेको बिरामी हुनुहुन्छ वहाँ । वहाँको आत्माले शान्ति पाओस् । म एमविविएस डक्टर हुँ र सर्प दंसको उपचारको तालिम पनि लिएको छु तर दुर्भाग्य, हाम्रो प्राथमिक स्वास्थ्य केन्द्रमा सर्प दंसको उपचारमा चाहिने सामग्रीहरु छैन् र अन्य धेरै सामग्रीहरु छैनन् । सम्वन्धित व्याक्तिहरुको ध्यानाकर्षण होस भन्दै दुःख स्टाटस राख्नु भएको छ ।

 

बेलडाँडीका धेरै जनाले सर्पका कारण अकालमै ज्यान गुमाउने गरेका छन् । यस विषयमा स्वास्थ्यकर्मीले समेत चिन्ता व्यक्तगर्दा स्थानीय सरकारले आजकै मिति देखि उक्त सामग्री व्यवस्थापनका लागि पहल गरिरहेको बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिचन्द्र रानाले जानकारी गराउनु भयो । उहाँका अनुसार हामीहरु अहिले त्यसै विषयमा छलफल गर्दैछौ तुरुन्त यस समस्याको समाधान गरिने बताए ।

केहिदिन भित्रै बेलडाँडीमा सर्प दंस उपचार गरिने बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ती नाथले जानकारी गराउनु भयो । उहाँका अनुसार आफुले पहिले देखिनै यसको पक्षमा रहेको र सरकार बाहिर रहदा सर्पं दंस उपचार केन्द्र बेलडाँडीमा ल्याउनका लागि पहल गरेको जनाए । अवका केहि दिन भित्रै यो समस्या समाधान हुने वहाँले जनाउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित