वाणिज्य संघका अध्यक्ष जोशीले आफ्नो जन्मदिनको पुर्वसन्ध्यामा अनाथ बालक धानुकको जन्मदिन मनाईदिए

19
VIEWS

कञ्चनपुर, १२ भाद्र । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष एव यस क्षेत्रका सफल युवा उद्यमी पिताम्बर जोशीले फरकशैलीमा जन्मदिन मनाएका छन ।

वाणिज्य संघका अध्यक्ष जोशीले यस पटक फरक शैलीमा जन्मदिन मनाएर अनाथ बालबालिका खुसी पारेका छन । जोशीले १२ भदौँमा आफ्नो जन्मदिनको पुर्व सन्ध्यामा एक अनाथ बालकको जन्मदिन बनाएका छन ।

भीमदत्त नगरपालिका ४ महेन्द्रनगर स्थित समाजकल्याण बाल अनाथालयमा बस्दै आएका अनाथ बालक भुवन धानुकको १० भदौँमा जन्मदिन मनाईदिएका हुन ।

समाजकल्याण बाल अनाथालयका सदस्य भगवती थापाले अनाथ बालक धानुकको कञ्चनपुर उद्योग वाणिज्य संघका पिताम्बर जोशीले जन्मदिन मनाउन आर्थिक सहयोग गरेको बताए । संघकै अध्यक्ष जोशीले आफ्नो जन्मदिनको पुर्वसन्ध्यामा अनाथ बालक धानुकको जन्मदिन मनाउन आर्थिक सहयोग गरेर नयाँ विषयको शुरुवात गरेको बताईन ।

समाजसेवी समेत रहेका उद्योग वाणिज्य संघका अध्यक्ष जोशीले यसरी अनाथ बालकको जन्मदिन मनाईदिएपछी अनाथालयका बालबालिका हर्षित भएका छन । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले जन्मदिनको अवसमा बेसाहरा बालकको उज्जल भविष्यको कामना सहित सक्दो सहयोग गरेर दिवस मनाईदिएको बताए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार