अाजबाट बेलडाँडीमा रेविज रोग विरूद्वकाे नि:शुल्क खाेप सेवा विस्तार

बेलडाँडी,

बेलडाँडी गाउँपालिकाकाे बेलडाँडी प्राथमिक स्वस्थ केन्द्रले रेविज रोग विरूद्वकाे नि:शुल्क खाेप सेवा विस्तार गरेको छ ।

अाज एक कार्यक्रमको अायोजना गर्दै बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रले रेविज विरूद्धको खोप सेवा विस्तार गरेको हो ।
बेलडाँडी गाउँपालिका प्रमुख हरिश चन्द्र राना, उप-प्रमुख शान्ती नाथ, व्यवस्थापन समिति अध्यक्ष नारदसिह उर्याल, प्रवक्ता गज बहादुर बिष्ट लगायतको उपस्थितिमा पहिलो दिन तीन जनालाई खाेप लगाएर शुरूवात गरिएको थियो ।
बेलडाँडीमा अहिले सम्म रेविज खाेप सेवा नहुदा यहाका स्थानिय बासिन्दा बेलाैरी महेन्द्रनगर जानू पर्ने बध्यताकाे अन्त भएकाे छ । कुकुरको टाकाइ बाट बेलडाँडीका स्थानियले भोग्नु परेको समस्या अाज देखि अन्त्य भएको छ ।

रेविज विरूद्व लगाईने Abhayrab खाेपकाे एउटा भ्वाईललाई २२ सय हाराहारि रकम पर्ने गरेकाे प्रा.स्वा.केन्द्रका डाक्टर रवि राेकायाले जानकारी गराउनु भयाे ।
उहाँका अनुसार एउटा भ्वाईलले १० जनालाई डाेज दिन सकिने बताउदै एउटा सिसि खाेलेमा ६ घण्टा सम्म मात्र रहने हुनाले विरामी कमी भएमा भ्वाईल खेर जाने सम्भावना बढि रहने समेत जानकारी गराए ।

रेविज खाेप किन्न गाउपालिकाले वेहाेर्ने गरी व्यवस्थापन गरिएकाे गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र रानाले बताउनु भयाे ।उहाका अनुसार हामीले गाउँपालिकाकाे विपद काेषमा रकम राखेका छाै, त्यहिबाट खर्च व्वस्थापन हुने गरी
बजेट निर्धारण गरीएकाे बताए ।”

यस्तै बेलडाँडी गाउँपालिका उपाध्यक्ष नाथले भने म सामान्य नागरिक हुदा समेत यस बिषयमा पटक पटक अावाज उठाउदा समेत अघिल्लो सरकारले वास्ता नगरिदिदा यहाँका नागरिकले दु:ख पाएको बताउदै अाफुहरू सरकारमा अाउने बितिक्कै यी समस्या समाधानमा लागेको बताए ।
क्रमिक रूमा यहाँका जनाताले भोग्नु परेको समस्या समाधान गरिने जनाए ।

मानिसमा देखिने रेबिजका लक्षणहरु

साधारणतया मानिसको शरीरमा भाइरस प्रवेश गरेको कम्तिमा ३० देखि ६० दिन सम्म यसको लक्षण देखिने गरेको पाईन्छ तर कहिले काँही १० दिनमानै वा वर्षौ पछि पनि लक्षण देखिन सक्छन।

शुरुमा देखिने लक्षणहरुः ज्वरो आउने, एकदमै कमजोरी महसुस हुने, टाउको दुख्ने र असजिलोपन महसुस हुने गर्दछ जुन कम्तिमा दश दिनसम्म रहन्छ।

 त्यसपछि बिस्तारै निन्द्रा नलाग्ने, दिग्भ्रमित हुने, प्यारालाइसिस हुने, पानी देखी डराउने, र्याल काड्ने, उत्तेजित हुने, जो पायो त्यहिलाइ टोक्न खोज्ने र खानेकुराहरु निल्न गाह्रो हुने जस्ता गम्भिर लक्षणहरु देखिन थाल्दछन, जसको केहि दिनमै रोगीको मृत्यु हुने गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित