भारतका तीव्र गतिका बलर बुमराहले नेपालविरूद्ध नखेल्ने 

69
VIEWS

काठमाडौं । एसिया कप २०२३ अन्तर्गत आज नेपाल र भारतबीच खेल हुँदैछ। नेपाल र भारतबीचको खेल श्रीलंकाको पल्लेकेले मैदानमा नेपाली समयअनुसार सवा तीन बजे सुरु हुनेछ।

खेलका लागि भारतका तीव्र गतिका बलर उपलब्ध नहुने भएका छन्। उनी व्यक्तिगत करणले भारत फर्किएका छन्। उनले नेपालविरुद्धको खेल मात्र गुमाउने बताइएको छ।
लामो समय चोटका कारण मैदान बाहिर रहेपछि खेलमा फर्किएका उनले यसअघि आयरल्यान्डविरुद्धको सिरिजमा भारतीय टिमको कप्तानी गरेका थिए। अब उनको स्थानमा मोहमद सामीले खेल्न सक्नेछन्।

नेपाल र भारत दुवै टिमले समूहका पहिलो खेल खेलिसकेका छन्। पाकिस्तानविरूद्धको पहिलो खेलमा नेपाल फराकिलो अन्तरले पराजित भएको थियो। भारत र पाकिस्तानबीच शनिबार भएको खेल वर्षाले रद्द हुँद दुवै टिमले एक एक अंक जोडेका थिए।

समूहबाट पाकिस्तानले ३ अंक जोडेर सुपर-फोरमा स्थान पक्का गरिसकेको छ। अब नेपाल र भारतबीचको खेलपछि सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ। जित हात पार्ने टिम सुपर फोरमा पुग्नेछ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार