नेपाल र भारतबीचको खेल वर्षाले प्रभावित भए के हुन्छ?

एसिया कप २०२३ अन्तर्गत शनिबार भारत र पाकिस्तानबीचको खेल वर्षाले रद्द भयो। भारतले पहिले ब्याटिङ गरेर २६६ रनमा अलआउट भएको थियो। त्यसपछि पाकिस्तानले ब्याटिङ गर्न नपाइ खेल वर्षाले रद्द भयो।

आज सोमबार पनि नेपाल र भारतबीचको खेललाई वर्षाले प्रभावित पार्न सक्ने पूर्वानुमान छ। मौसम अपडेटका अनुसार नेपाल र भारतबीच खेल हुने श्रीलंकाको पल्लेकेलेमा ८० प्रतिशतसम्म वर्षा हुने सम्भावना रहेको छ।

यदि पल्लेकेलेमा सोमबारको खेल पनि रद्द भयो भने, भारत समूह ‘ए’ बाट सुपर फोरमा आफ्नो चिर प्रतिद्वन्द्वी पाकिस्तानसँगै पुग्नेछ। खेल भएमा जित हात पार्ने टिमले सुपर फोरमा स्थान बनाउनेछ।

नेपाली टिम भारतका सुपरस्टारहरुसँग आफूलाई परिक्षण नगरी स्वदेश फर्किन चाहँदैन। यदि मौसम सफा भयो भने नेपालका लागि यो सबैभन्दा ठूलो खेल हुन सक्छ।

दुई महिनाअघि मात्र कोलम्बोमा रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले आईपीएल खेलाडीले भरिएको भारत ‘ए’ टोलीसँग हार बेहोरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित