बेलौरी । बेलौरी नगरपालिकाद्धारा ६१ औं नेपाल रेडक्रस दिवसको अवसरमा रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको तस्विरमा फुलमाला चढाई शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।
बेलौरी नगरपालिकाका उपमेयर जोगराम चौधरीको अध्यक्षतामा रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको तस्विरमा फुलमाला चढाउदै उनले गरेको कामको चर्चा गरिएको थियो । यसै अवसरमा शुभकामना दिदै बेलौरी नगरपालिकाका उपमेयर चौधरीले भने विपदमा सबै भन्दा पहिला रेडक्रसकर्मी पुग्ने गरेको बताउदै रेडक्रसकर्मीले समुदायमा पुर्याएको उच्च योगदानको प्रसंशा गर्नु भयो ।
यस्तै बेलौरी नगरपालिकाका कम्प्युटर अपरेटर तथा रेडक्रसकर्मी अशोक पाण्डेयका अनुसार “रेडक्रसले मानवीय सेवाका विविध आयामहरुमा काम गर्दै आए पनि यसको मुख्य लक्ष्यचाहिँ मानव उद्धार नै भएको बताए ।” उनले भने मानव तथा प्रकृतिबाट घटित हरेक विपत्तिमा पीडितको उद्धार तथा जीवन रक्षा गर्नु रेडक्रसको मूल धर्म भएको बताए ।
यस्तै कार्यक्रममा उपस्थितहरुले बेलौरी रेडक्रसलाई अघि बढाउन पालिका संग हातेमालो गर्दै अघि बढ्ने बताउनु जनाए ।
Discussion about this post