छैठौं बेलडाँडी खुला फुटबल प्रतियोगिता: दोस्रो दिनका खेलमा अलस्टार, झिलमिला र वाई बि स्टर बिजयी

422
VIEWS

कञ्चनपुर/भाद्र १९ । छैठौं बेलडाँडी खुला नकाउट फुटबल प्रतियोगिता २०८० को दोस्रो दिनका खेल सम्पन्न भएका छन्।

खुला फुटबल प्रतियोगिता २०८० को दोस्रो दिनका खेलमा अल स्टार युवा क्लब “ए” , झिलमिला युवा समाज र वाई बि स्टार बिजय भएको अल स्टार युवा क्लबका उपाध्यक्ष मनोज खडायतले बताउनु भयो।

 

उपाध्यक्ष खडायतका अनुसार , दोस्रो दिनको पहिलो खेल अल स्टार युवा क्लब र जननमुना युवा क्लब बिच भएको खेलमा ३-० गोलको अन्तरले अल स्टार संग जननमुना पराजित भएको हो।

दोस्रो खेलमा झिलमिला युवा समाज “बि” र लालझाडी-११ बिच भएको थियो। उक्त खेलमा झिलमिला युवा समाज संग २-० गोलको अन्तरले लालझाडी-११ पराजित भयो। र उक्त दिनको अन्तिम खेल इगल एफसी वाणी र वाई बि स्टार बिच भएको थियो। उक्त रोमाञ्चक खेलमा वाइ बि स्टारले २-१ गोलले इगल एफ सि वाणी लाई हराउदै वाई बि स्टारले पहिलो जित निकालेको छ।

भोलि तेस्रो दिनमा चार खेल हुनेछन् । पहिलो खेल बिहान ८ बजे बेलडाँडी ब्याज एकेडेमी र बेलौरी नगरपालिका वडा न.९ बीच हुने छ, दोस्रो खेल चेतना युवा क्लब र अमर ज्योती क्लब बिच बिहान १० बजे, तेस्रो खेल दिउँसो १ बजे इटाहा चारपाते युवा क्लब र जय लक्ष्मी युवा क्लब बेलडाँडी बिच हुनेछ भने उक्त दिनको चौथो अन्तिम खेल क्लब दोधारा चादनी र सिहपाल क्लब बेलौरी दिउँसो ३ बिच हुनेछ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार