डोटी : डोटीको दिपायल सिलगढी नगरपालिका – ९ को वडाले ‘जनताको घर दैलोमा वडा अध्यक्ष ‘कार्यक्रमलाई अगाडी बढाएको छ।
सोमबार देखि निरन्तरुपमा टोल-टोलमा गएर प्रत्येक नागरिकको स्वास्थ्य अवस्था चेकजाँच सँगै परामर्श दिने गरेको छ।
कार्यक्रमको सुरुवात सँगै शनिवार पाचौं दिन मछेन्ताेला टोलका नागरिकको स्वास्थ्य अवस्था चेकजाँचसँगै परामर्श दिइएको छ । कार्यक्रम दिनप्रतिदिन प्रभावकारी बन्दै गएको जनाईएको छ ।
ग्रामीण क्षेत्रमा अहिले पनि स्वास्थ्य उपचारमा निक्कै समस्या भएकोले जनताको घर दैलोमा गएर स्वास्थ्य चेकजाँच कार्यक्रमको सुरुवात गरिएको वडा अध्यक्ष हर्क साउँले बताए । उनले भने ,’ स्थानीय सरकारको अनुभिती दिन वडाले प्रतेका नागरिकको घर-घरमा गएर स्वास्थ्य उपचार अभियान सञ्चालन गरेका हौँ । जिताएर हामीलाई पठाउने जनताका दुःख सुखमा हामीले साथ दिनुपर्छ । यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौँ ।’
जनताको स्वास्थ्य समस्या तथा नागरिकका आधारभूत आवश्यकता लगायत समग्र वडाको समस्या बुझी प्राथमिकताका आधारमा विकास निर्माणको गति दिने समेत अध्यक्ष साउँदले बताए ।
जनताका आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै नगरले कार्यक्रमलाई अगाडी बढाइरहेको दिसिनपाका उप-प्रमुख कलावती महर साउँदले बताइन् । विकास निर्माण तथा रोजगारी सिर्जना गरी नागरिकको जीवनस्तर उकास्ने काममा नगर सरकार लागि परेको उनले बताइन् । जनताको घरदैलो अभियानलाई नगरभित्र प्याकेजका रूपले सञ्चालन गर्न पहल गर्ने उनले बताइन् ।
वडाले सञ्चालन गरेको घरदैलो अभियानका क्रममा उठेको नागरिकका सुझाव, समस्या तथा गुनासोलाई नगर सरकारले सम्बोधन गर्ने उनले बताइन् ।
घर दैलो स्वास्थ्य चेकजाँचमा तथा परामर्शमा कनेला स्वास्थ्य चौकीमा कार्यरत अमनि हरिमाया खड्कालगायतका स्वास्थकर्मिले सेवा दिँदै आएका छन् ।
शनिवार वडाको मछेन्ताेला टोलका ४० जना भन्दा बढी वृद्ध ,असहाय,अस्वस्थ नागरिकहरूको स्वास्थ्य अवस्था चेकजाँच गरिएको थियो ।
वडाले प्रत्येक घर दैलोमा गएर स्वास्थ्य उपचार दिँदा स्थानीयले खुसी व्यक्त गरेका छन् । यस्ता कार्यक्रम निक्कै प्रभाकारी हुने भएकोले निरन्तरता दिनुपर्ने दिसिनापा -९ मछेन्तोलाकि किथ्थी दमाईले बताइन् ।
उनले भनिन् ,’बृद्धअबस्थामा हिडडुल गर्न पनि गाह्रो हुन्छ । यसरी घरमा आएर निशुल्क सेवा पाउँदा खुसी छु। हामीलाई घरमा आएर दु:ख सुख वाड्ने जनप्रतिनिधिको आवश्यकता छ। कार्यक्रमलाई निरन्तरता दिदै जानुहोला ।’
Discussion about this post