बेलडाँडीमा राष्ट्रिय बाणिज्य बैंक विस्तारका लागि उपयुक्त ठाउँको खोजी तथा निरिक्षण

14
VIEWS

बेलडाँडी,

जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा राष्ट्रिय बाणिज्य बैंक विस्तारका लागि उपयुक्त ठाउँको खोजी तथा निरिक्षण गरिएको छ ।
बेलडाँडी गाउँपालिका अध्यक्ष हरिचन्द्र राना र संविधान सभा सदस्य दिवान सिह बिष्टले शाखा विस्तारका लागि पहल गरिरहदा आज राष्ट्रिय बाणिज्य बैंक सुदुरपश्चिम प्रदेशका उप प्रमुख भोज राज भट्ट लगायतको टोलीद्धारा बैंकलाई पायक पर्ने ठाउँको बारेमा छलफल गर्दै उपयुक्त ठाउँको खोजी कार्य जारी राखेको अध्यक्षको निजि सचिवालयले जनाएको छ ।

सचिवालका अनुसार राष्ट्रिय बाणिज्य बैंकको साखा स्थापना गर्ने विषयमा संविधानसभा सदस्य बिष्ट र बेलडाँडी गाउँपालिका प्रमुख रानाले बेलौरी साखा प्रमुख संग केहिदिन पहिला भेटवार्ता गरेको जनाउदै आज स्थान छनौट देखि लिएर विविद विषयमा छलफल समेत भएको जानकारी गराउनु भयो ।

बेलडाँडीमा क श्रेणीको बैंक आउने भएपछि स्थानीय बासी, व्यापारीहरु खुसि भएका छन् । पछिल्लो समयमा बेलडाँडी समृद्धका लागि संविधान सभा सदस्य दिवान सिह बिष्टले निकै चासो देखाएका छन् ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार