बेलडाँडीका प्रमुख प्रशासकीय अधिकृत जोशीको जिल्ला समन्वय समितिमा सरूवा

बेलडाँडी/ भाद्र ३१ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक १७ अधिकृतहरुको सरुवा गरेको छ । १७ अधिकृत मध्ये बेलडाँडीका प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीको समेत सरूवा भएको छ ।

बेलडाँडी गाउँपालिकाका अधिकृत पदमराज जोशीलाई जिल्लाकै जिल्ला समन्वय समितिमा सरूवा गरिएको छ भने, जिल्ला समन्वय समितिका शाखा अधिकृत कृष्णानन्द जोशीलाई ४ महिनामै बेलडाँडी गाउँपालिकामा पठाइएको छ ।

सरुवामा परेकामध्ये कोही ५२ महिनामा सरुवा भएका छन् त कोही ४ महिनामै । तीन जना अधिकृत निवेदनका आधारमा सरुवा भएको सामान्य प्रशासनले जनाएको छ । यस्तै २ जनालाई रिक्त रहेको स्थानमा खटाइएको सामान्यले जनाएको छ ।

 

सरुवाको सूची अनुसार,नारायणबहादुर विष्ट ५२ महिनामा जानकी गाउँपालिका कैलालीबाट टिकापुर नगरपालिका कैलालीमा खटाइएको छ । यस्तै १७ महिनामै जनार्दन निरौला पाथिभरा गाउँपालिकाबाट बाह्रदशी गाउँपालिकामा सरुवा भएका छन् ।

 

संखुवासभाको चिचिला गाउँपालिकामा ३८ महिना प्रमुख प्रशासकिय अधिकृतको भूमिकामा रहेका शुक्रादेवी राईलाई जिल्लाकै जिल्ला समन्वय समितिको शाखा अधिकृत पदमा सरुवा गरेको छ ।

कल्याणपुर नगरपालिका, सिरहाका अधिकृत विष्णु रञ्जन बराल १३ महिनामा मिर्चैया नगरपालिका,सिरहामा खटाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत बेदहरि अधिकारीलाई मुस्ताङको घरपझोङ गाउँपालिकामा पठाइएको छ । रिक्त रहेको स्थानमा उनलाई खटाइएको सामान्य प्रशासनले जनाएको छ ।

यस्तै, सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका अधिकृत नारायण बहादुर बिष्टलाई सिन्धुलीको गोलन्जोर गाउँपालिकामा, सिन्धुलीको फिक्कल गाउँपालिकाका अधिकृत राजेन्द्र कार्कीलाई ५ महिनामै मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा, गृह मन्त्रालयका शाखा अधिकृत भरत सापकोटालाई काभ्रेपलाञ्चोकको जिल्ला समन्वय समितिमा, यस्तै रमेश राई गृहमा इन्ट्री पाएका छन् ।

उनी १८ महिनादेखि उदयपुरगढी गाउँपालिकामा कार्यरत थिए । यस्तै सरुवाको सूची अनुसार,निवेदनका आधारमा चित्रप्रसाद गुरागाई भूमि व्यवस्था मन्त्रालयबाट उदयरपुरगढी गाउँपालिकामा खटाइएको छ । २८ महिना पछि भेषराज पन्थ मायादेवी गाउँपालिकामा पुगेका छन् भने भेषराज घिमिरे स्वास्थ्य मन्त्रालयबाट छत्रदेवी गाउँपालिकामा पठाइएको छ,निवेदनका आधारमा उनको सरुवा भएको हो । यस्तै लबुन राई जिसस सोलुखुम्बु,मोहनकुमार श्रेष्ठलाई सुनकोशी गाउँपालिका सिन्धुपाल्चोक र रमेश सुवेदीलाई मनहरी गाउँपालिकामा खटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित