शिक्षक महासंघ कञ्चनपुरले भन्यो,‘लोक सेवा परीक्षामा कुनैपनि शिक्षक कर्मचारी सहभागि नहुनु

76
VIEWS

कञ्चनपुर, असोज ५ । नेपाल शिक्षक महासंघ जिल्ला आन्दोलन परिचालन समितिले शनिबार हुने लोक सेवा परीक्षामा कुनैपनि शिक्षक कर्मचारीलाई सहभागि नहुन आब्हान गरेको छ ।

शिक्षक महासंघ जिल्ला आन्दोलन परिचलान समिति कञ्चनपुरले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै शनिबार महेन्द्रनगरमा हुने लोक सेवा आयोगको परीक्षमा सहभागि नहुन आब्हान गरेको हो ।

नेपाल शिक्षक महासंघ जिल्ला आन्दोलन परिचालन समितिका सह संयोजक गोबिन्द ढाँटले विद्यालय कर्मचारी, बाल विकासका शिक्षक, राहत, अनुदान, अस्थायी, स्थायी शिक्षकले पेशागत हकहितका लागि राजधानीमा आन्दोलन गरिरहेका बेला लोकसेवा आयोगको परीक्षामा सहभागि नहुन महासंघले आब्हान गरेको बताए ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार