बेलडाँडी, ०५ असोज । रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसको प्रशासनिक भवनमा अवैध तरिकाले संचालन भइरहेको इन्च्युट खालि गराउन क्याम्पस प्रमुखलाई विद्यार्थीहरुले २४ घण्टे अल्टिमेटम दिएका छन् ।
बेलडाँडी गाउँपालिकाको एक मात्र ठुलो शैक्षिक संस्था रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसको प्रशासनिक भवनमा क्याम्पस प्रमुखले मनोगत तरिकाले भाडामा दिएको भन्दै उक्त प्रशासनिक भवन २४ घण्टा भित्र खालि गराउन चेतावनी दिएका छन् ।
क्याम्पस वा प्रमुख संग कुनै लिखित सम्झौता नगरि भाडा कति हो त्यो पनि न तोकि अवैध तरिकाले प्रशासनिक भवनमा इन्च्युट संचालन भएको प्रति स्वतन्त्र विद्यार्थी युनियनले आपत्ति जनाएका थिए । यस्तो शैक्षिक संस्थामा अवैध काम हुनु आपत्ति जनक कुरा भएको भन्दै क्याम्पसलाई बारम्वार ताकेता गर्दा समेत कुनै वास्ता नगरेकाले अवको २४ घण्टामा भवन खालि गर्न प्रमुखलाई पत्राचार गरेको स्ववियु सभापति दिलेन्द्र प्रसाद बडुले पश्चिम समाचारलाई जानकारी गराउनु भयो ।
एक महिना यता देखि प्रशासनिक भवनमा रातदिन भिडभाड देखिने, हल्ला हुन थाले पछि क्याम्पसका विद्यार्थीहरुले खोजिनिति गर्दा कुनै कागजी प्रक्रिया नभेटाउदा यस्तो अवैध कार्य २४ घण्टा भित्र हटाउन आग्रह गरेको बताए ।
उनका अनुसार यो विषय संगै क्याम्पसका अन्य समस्याका बारेमा क्याम्पस प्रमुखलाई जवाफ माग्दा नदिएपछि संगठनले लिखित रुपमै ज्ञापन पत्र बारम्वार बुझाउदै आएको जनाए ।
क्याम्पस प्रमुखले मनोगत तरिकाले क्याम्पसलाई चलाउन खोजेको आरोप समेत लाग्दै आएको छ । विद्यार्थीहरुका अनुसार क्याम्पसमा विभिन्न यस्ता कार्य भएका छन् जुन अहिले आफुहरुले खोजि गर्न थालेको बताएका छन् । यस्तै भवन निर्माण लगायत काठमाडौं डेलिगेशन लगायतको विषयमा समेत ठुलो आर्थिक चहलखेल भएको भन्दै त्यस विषयमा समेत विद्यार्थीले क्याम्पसलाई जवाफ माग्ने जनाएकाे छ।
क्याम्पस प्रमुख प्रयाग राज जोशीका अनुसार समितिमा इन्च्युटलाई प्रशासनिक भवनको एक कोठा दिने मौखिक कुरा भएको स्वीकार गरेका छन् । उनले अलमलिदै भने कति बेला साम्झौता गरेको छु भने त कति बेला कुनै सम्झौता नभएको बताएका छन् ।
प्रशासनिक भवनमा अहिले बेलडाँडी इन्च्युट अफ टेक्नोलोजि भन्ने मुनाफा मुखी संस्था बसेको छ । उनले आफ्नो ब्यानरमा समेत आफै क्याम्पसको प्रिन्सपल भनेको ब्यानर समेत समाजिक सञ्जालमा भाइरल भएको छ ।
Discussion about this post