स्थानीय तह कर्मचारी जिल्ला स्तरिय संघर्ष समिति कञ्चनपुरको संयोजकमा ऐर

कञ्चनपुर, असोज ७ । कञ्चनपुरका स्थानीय तहमा कार्यरत कर्मचारी संगठित भएका छन । शनिबार महेन्द्रनगर कृषि ज्ञान केन्द्र कञ्चनपुरको हलमा सम्पन्न भएको भेलाले स्थानीय तह कर्मचारी जिल्ला स्तरिय संघर्ष समिति गठन गरेको हुन ।

संयोजकमा गोबिन्द ऐर, उपसयोजक डम्बर पन्त, सदस्यहरु तर्फ दिनेशराज भट्ट,दिपेन्द्र विष्ट,नन्दराज भट्ट, रमेश भट्ट,सुरेन्द्र प्रशाद भट्ट,गंगा दाहाल,गणेश दत्त ओझा, माला गौतम, टेकराज पन्त, लोकेन्द्र सिह, चेतराज जोशी,अमित प्रशाद भट्ट,कुँवेर बम, कर्ण ब. चन्द, उमेश बोहरा, यज्ञराज भट्ट रहेका छन ।

स्थानीय तहका जेष्ठ कर्मचारी सदस्य एव बेदकोट नगरपालिकामा कार्यरत टेक बहादुर चन्दको अध्यक्षतामा समिति गठन भएको छ । स्थानीयत तह बेलडाँडी गाँउपालिकामा कार्यरत अधिकृत छैटौँ हेमराज रेग्मीले विवित माग अघि सारेर आइतबार स्थानीय तह कर्मचारी जिल्ला स्तरिय संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईने बताए ।

स्थानीय तह कर्मचारी जिल्ला स्तरिय संघर्ष समिति भीमदत्त नगरका तर्फबाट सदस्य रहेका दिनेश राज भट्टले संघीय निजामती कर्मचारी ऐन आउने क्रममा स्थानीय तहका कर्मचारीले अघि सारेका माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित