बेलडाँडी, ११ असोज । महाकाली सिचाई जल उपभोक्ता संघ केन्द्रिय समितिकोे २८औं बार्षिक साधारण सभा बेलडाँडीमा शुरु भएको छ ।
विहिवार बेलडाँडी–२ क्याम्पमा रहेको द्वितीय चरणको कार्यालयमा महाकाली सिंचाई जल उपभोक्ता संघ केन्द्रिय समितिले आफ्नो २८औं बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न गर्न लागेको हो ।
महाकाली सिचाई जल उपभोक्ता संघ केन्द्रिय समितिका अध्यक्ष भीम बहादुर थापाको सभापतित्वमा शुरु भएको कार्यक्रमका प्रमुख अतिथि महाकाली सिचाँई डिभिजन प्रमुख रामकृष्ण घोरासैनी रहनु भएको थियो ।
विशिष्ट अतिथिमा कृषि ज्ञान केन्द्रका प्रमुख हरिदत्त जोशी, खगेश्वर प्रसाद पाण्डेय, गुणदेव पन्त, जयराज भट्ट, गिरी राज शर्मा, रमेश चन्द जोशी, आशाराम चौधरी, कृष्ण बहादुर कुवर रहनु भएको थियो ।
बार्षिक गतिविधि र कार्य प्रगतिकोबारे जानकारी गराउदै आगामि नयाँ योजनाका साथ किसानको खेतमा पानी कसरी पुर्याउन सकिन्छ भन्ने योजना सहित समिति अघि बढेको केन्द्रिय समितिका अध्यक्ष भीम बहादुर थापाले जानकारी गराउनु भयो । अहिले बन्द शत्र चलिरहेको छ । बन्द शत्रमा नयाँ कार्यक्रम बनाइने जनाइएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोरासैनीले महाकाली सिचाँईले किसानलाई सहज रूपमा समयमै पानी पुर्याउन सफल भएको भन्दै अझ सिचाईको दायरा विस्तार गर्नमा आफ्नो भुमिका रहने वहाँले जनाउनु भयो । उनले भने “स–साना सिचाँईका अतिआवश्यक समस्या सबै तिर सामाधान भएको बताउदै बृहत् रूपमा सामाधान गर्न ठुलो परियोजनाको खाचो रहेको बताए ।”
कार्यक्रममा बोल्ने अधिकाशं बक्ताले सिचाँई प्रणालीको कार्यलाई अझै विस्तार गरिनु पर्ने धारणा राख्दै सिंचाइका कारण भएको सिमसार जमिनलाई पुनः प्रयोगमा ल्याउने कार्यक्रम छिट्टै ल्याउनु पर्नेमा जोड दिइएको थियो ।






















Discussion about this post