बेलडाँडी, १७ असोज । बेलडाँडीमा प्रहरीसंगको सहकार्यमा लागु औषध दुव्र्यसन तथा ओसारपसार विरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
हिजो बेलडाँडी वडा नं.३ को राधाकृष्ण मन्दिरमा विद्यार्थीहरुलाई भेला गराई लागु औषध दुव्र्यसन तथा ओसारपसार विरुद्ध जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको बेलडाँडी गाउँपालिकाले जनाएको छ ।
बेलडाँडी गाउँपालिका वडा न. ३ का वडाध्यक्ष दुर्गा प्रसाद चौधरीको अध्यक्षता शुरु भएको कार्यक्रममा बेलडाँडी क्षेत्रका विद्यार्थीहरुको सहभागितामा जनचेतनामुलक कार्यक्रम गरिएको थियो ।
ईलाका प्रहरी कार्यालय बेलडाँडी संगको सहकार्य तथा बेलडाँडी गाउँपालिकाको आयोजनामा बेलडाँडी गााउँपालिका अन्तर्गतका सामुदायिक बिद्यालयका बिद्यार्थी, शिक्षक, अभिभावक,पत्रकार ,जनप्रतिनिधिहरुको उपस्थितिमा लागू औषध नियन्त्रण तथा रोकथाम सम्बन्धी जनचेतनामुक कार्यक्रम गरियो ईलाका प्रहरी कार्यालय बेलडाँडीले आफनो फेसबुक साइडद्धारा जानकारी गराएको छ ।
Discussion about this post