बेलडाँडी, २० असोज । ६८ औं प्रहरी दिवसको अवसरमा बेलडाँडीमा सरसफाई तथा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
६८ औं प्रहरी दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय बेलडाँडीले वडा नं.२ मा रहेको रामजानकी मन्दिर परिसरमा सरसरफाई तथा ईलाका प्रहरी कार्यालय परिसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको प्रहरीले जनाएको छ ।
सामुदायिक प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत बेलडाँडीका विभिन्न मन्दिर तथा सार्वजनिक स्थलहरुमा सरसफाई कार्यक्रम सम्पन्न गरेको ईलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बेलडाँडी र मातहतका प्रहरी चौकीले बिभिन्न समयमा सरसफाई तथा जनचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको छ । यस्ता कार्यक्रमले प्रहरी र आम नागरिक वीच सम्वन्धमा समेत सुधार हुने गरेको स्थानीय बताउछन् ।
Discussion about this post