गौरा पर्बको अवसरपारेर बेलडाँडीमा अलस्टार क्लवद्धारा खुल्ला फुटवल प्रतियोगिता आयोजना गरिदै

20
VIEWS

बेलडाँडी,

अलस्टार युवा क्लवले सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा पर्वको अवसर पारेर खुल्ला फुटवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

विगत बर्षहरु झै यस बर्ष पनि क्लवले यहि भदौ १५ गते देखि २२ गते सम्म बेलडाँडी–१ कालिका मन्दिरको प्रागंणमा खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्न लागेको क्लवका अध्यक्ष चेत बहादुर शाहले जानकारी दिनु भयो । उहाँका अनुसार “विगतका २ बर्ष कोरोनाका कारणले खेल प्रतियोगिता आयोजना हुन नसकेको र यस बर्र्ष देखि फेरी लगातार रूपमा फुटवल प्रतियोगिता गर्न लागेको बताउनु भयो ।” कोरोनाले गर्दा खेल सञ्चालन हुन नसकेकोमा सबै खेल प्रमिहरूलाई क्लवको तर्फबाट क्षामायाचना माग्नु हुँदै यस बर्ष देखि लगातार खेलकुदका कार्यक्रम सञ्चालन गरिने शाहले बताउनु भयो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रू ७१ हजार ट्रफि,द्वतिय हुनेलाई नगद रू ४१ हजार ट्रफि र स्वान्तना हुने टिमलाई– ट्रफि पुरस्कारको व्यवस्था गरिएको क्लवका अध्यक्ष शाहले बताउनु भयो ।
प्रतियोगितामा सहभागि शुल्क ५१ राखिएको क्लवले जनाएको छ । खुल्ला फुटवल प्रतियोगितामा सहभागी हुन सबै खेल प्रेमिलाई क्लवले अनुरोध समेत गरेको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार