६८औँ प्रहरी दिवसको अवसरमा कञ्चनपुरका तीन शिक्षक सम्मानित

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ६८औँ प्रहरी दिवसको अवसर पारेर कञ्चनपुर भीमदत्त नगरपालिका क्षेत्रका तीन सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई सम्मान गरेको छ ।

 

हिजो ६८औँ प्रहरी दिवसको अवसर पारेर प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका क्षेत्रका तीन सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई सम्मान गरेको हो । शिक्षक नवराज पन्त, सरस्वती भाट(धामी) र सुरेन्द्र साउदलाई कदर पत्रका साथै सम्मान गरेको छ ।

शिक्षक साउद सत्यवादी माविका प्रद्यानाध्यापक हुन भने पन्त सरस्वती मावि उल्टाखाम र धामी महेन्द्रनगर माविका सहायक प्रद्यानाध्यापक हुन । तीनै जना शिक्षकलाई कार्यक्रमका बिशिष्ठ अतिथि समेत रहेका सुप विश्वविद्यालय मानविकीय संकायका डिन डा.मुकुन्द कलौनीले कदर पत्र हस्तान्तरण गरेका थिए ।

उनीहरुलाई कञ्चनपुर प्रहरीले १२ असोजमा समुदायमा नेपाल प्रहरीको भूमिका विषयक निबन्ध प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेको भन्दै कदर गरेको प्रहरीले जनाएको छ । नियमित शिक्षणसंगै सरकारका निकायबाट साझेदारीको काममा जिम्मेबारी पाएसंगै कदर गरिएको भन्दै शिक्षक त्रयले शिक्षकको थप समाजिक जिम्मेबारी थपिएको जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित