फरक फरक स्थानबाट चार जना लागुऔषधसहित पक्राउ

111
VIEWS

कैलाली:

कैलालीका बिभिन्न स्थानबाट चार जना लागुऔषधसहित पक्राउ परेका छन्। कैलालीको भजनी नगरपालिका–२ गौनियाबाट एक ग्राम १९० मिलिग्राम लागूऔषधसहित सोही नगरपालिका–१ का २६ वर्षीय तपेन्द्र बोहरा समेत दुई जना पक्राउ परेकाहुन् ।

 

शनिबार दिउँसो प्रहरीले से।७ प १०१६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएका छन् । यस्तै टीकापुर नगरपालिका–९ खक्रौलास्थित सडकबाट ९ सय ९० मिलिग्राम लागुऔषधसहित थप दुई जना पक्राउ परेका छन्।

सोही स्थानका २२ वर्षीय नरेश रावल समेत दुई जनालाई शनिबार साँझ पक्राउ परेका हुन्। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार