शान्ति पुनर्स्थापना गृहको सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न

कञ्चनपुर,२२ कात्तिक । शान्ति पुनर्स्थापना गृह कञ्चनपुर शाखाले आर्थिक वर्ष २०७९।०८० को वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम आज सम्पन्न गरेको छ ।

 

शान्ति पुनर्स्थापना गृहका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईको सभाध्यक्षतामा बुधबार महेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गर्दै प्रगति विवरण तथा सामाजिक लेखा परिक्षण गरेको संस्थाले जनाएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले मानव बेचबिखनको तथ्याङ्क भयावह देखिएकोले यसको रोकथामका लागि सबै निकाय सक्रिय हुनुपर्नेमा जोड दिदै आम सर्वसाधारणलाई जनचेतना आवश्यक रहेको धारणा व्यक्त गर्नु भयो ।

 

बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले मानव बेचबिखन रोकथामका लागि शान्ति पुनर्स्थापना गृहले खेलेको भूमिकाको प्रशंसा गर्दै निरन्तर सहयोग र सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता समेत जनाउनु भयो ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी सहितका जनप्रतिनिधि, कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, सशस्त्र प्रहरी उपरीक्षक प्रेम सिंह रावल, प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी लगायतका सुरक्षा अधिकारी, विभिन्न स्थानीय तहका महिला तथा बालबालिका शाखाका प्रमुखहरू, गैसस महासंघका प्रतिनिधि, सञ्चारकर्मी र शान्ति पुनर्स्थापना गृहका विभिन्न क्षेत्रमा कार्यरत परामर्शदाताहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित