महेन्द्रनगरको फुटपाथ खाली गर्दै भीमदत्त नगरपालिका

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले बजार क्षेत्रको फुटपाथ खाली गराउन सुरु गरेको छ। महेन्द्रनगर बजार क्षेत्रमा नगरपालिकाले नगर प्रहरी परिचालन गरी फुटपाथमा भएका अव्यवस्थित सामग्रीहरू हटाउन सुरु गरेको हो।

 

व्यापारीहरूले फुटपाथका साथै सडक नै अवरुद्ध हुने गरी राखेका सरसामान, साइनबोर्ड, टेबुल, भर्‍याङ सहितका सामान हटाउन थालिएको नगरपालिकाले जनाएको छ ।बजार क्षेत्रमा व्यवसायीले पैदल यात्रुलाई समस्या हुने गरी फुटपाथ कब्जा गरेपछि नगरपालिका एक्सनमा उत्रिएको हो।

 

भीमदत्त उपप्रमुख निलम लेखकले पटकपटक सूचना आह्वान, अनुरोध गर्दासमेत् अटेरी गरेपछि बाध्य भएर संरचना हटाउन सुरु गरेको बताइन्।

उनले भनिन् ‘बजार सफा स्वच्छ, एवम् सबैलाई सहज गराउने हाम्रो उद्देश्य हो। कसैलाई दुःख दिने भन्ने होइन्।’ पालिकाले शुरु गरेको उक्त कार्यको स्थानीयले समेत प्रसंसा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित