बेलडाँडीमा ५ फाल्गुनका दिन पेनाल्टी सुटआउट प्रतियोगिता हुने

बेलडाँडी । बेलडाँडी ब्वाईज एकेडेमीको आयोजनामा बेडाँडीमा खुल्ला पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता हुने भएको छ । एकेडेमीले एक सूचना जारी गर्दै ५ फाल्गुन रौलेश्वर माविको फिल्डमा उक्त प्रतियोगिता सञ्चालन गरिने जनाएको छ ।

 

खेलको स्तर बढाउने उद्धेश्यले पेनाल्टी सुटआउट फुटबल प्रतियोगिताको आयोजना गरिएको बेलडाँडीका नवयुवा खेलाडी दिनेश जोशीले जानकारी गराउनु भयो । ब्वाईज एकेडेमीका अनुसार प्रतियोगिताका विजेताले नगद २० हजार र उपविजेताले १० हजार पाउने जनाइएको छ ।

प्रतियोगितामा सहभागि हुनका लागि २२ सय ५० रुपैँया दर्ता शुल्क लाग्ने छ । दर्ता हुने अन्तिम समय यसै ४ गते साझ ५ बजेसम्म राखिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित