लक्ष्मी माध्यामिक विद्यालयमा खाद्य महोत्सव

शुनिल राना/ कञ्चनपुर। कञ्चनपुरको एक सामुदायिक विद्यालयले खाद्य महोत्सव गरेको छ । भीमदत्त नगरपालिका १९ उल्टाखाम –बागफाँटाको लक्ष्मी माध्यामिक विद्यालयले खाद्य महोत्सव गरेको हो ।

सोमबार एक कार्यक्रमका विच विद्यालयले गुणस्तरिय खाद्य महोत्सव संचालन गरेको जनाएको छ । लक्ष्मी माध्यामिक विद्यालयका प्रद्यानाध्यापक प्रमानन्द नाथले विद्यार्थीलाई अतिरिक्त कृयाकलापमा जोड्दै जिवनको दैनिक कामकाजसंग जोड्नका लागि खाद्य महोत्सव संचलान गरिएको बताए ।

प्रअ नाथका अनुसार कक्षा ८का विद्यार्थीले समोसा, पकौडा, ममःचाउमिन, बर्गर, ढिकरी,पानीपुरी सहितका स्थानीय खाद्य परिकार प्रर्दशन गरिएको बताए । यसैविच विद्यालयले ७४औँ प्रजातन्त्र दिवसको अवसरमा अन्तरसधनात्मक खेलकुद तथा अतिरिक्त कृयाकलापमा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

भीमदत्त नगरपालिका २, १९द्वारा आयोजित हाजिरी जवाफ प्रतियोगितामा सहभागि विद्यार्थीहरुलाई तर्फबाट नगद २ हजार, भीमदत्त नगरपालिकाद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा सान्त्वना स्थान हासिल गरेका कक्षा १०का छात्र पवनराज जोशीलाई पुरस्कार प्रदान गरिएको छ ।

भीमदत्त नगरपालिका २ वडाद्वारा आयोजित हाजिरीजवाफ प्रतियोगितामा द्वितिय स्थान हासिल गरेका विद्यार्थी कक्षा ११ छात्रा करिस्मा चन्द, कक्षा १०का छात्रद्वय हिमाल सिह कुँवर र तिकलराज पन्तलाई नगद पुरस्कार वितरण गरिएको छ ।

उक्त खाद्य महोत्सव तथा पुरस्कार वितरण कार्यक्रमको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीले अध्यक्षता ग्रहण गरेका थिए । कार्यक्रमको प्रमुख अथिति भीमदत्त नगरपालिका समाजिक विकास समितिका संयोजक शुशिल कुमार भट्ट, कार्यपालिका सदस्य बसन्ती जोशी सहितका जनप्रतिनिधी, अभिभावक, विद्यार्थी, शिक्षक लगायतको सहभागिता रहेको थियो ।

 

कार्यक्रमको संचालन शिक्षक टेकराज भट्टले गरेका थिए, भने स्वागत मन्तव्य सहायक प्रअ प्रेमप्रकास जोशीले राखेका थिए । उक्त विद्यालयले यसरी विद्यार्थीलाई नियमित सिकाईका अतिरिक्त कृयाकलापका माध्यामबाट थप सिकाई बृद्धि गरेपछि अभिभावक हर्षित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित