धनसिह धामी/कञ्चनपुर । मिडिया मञ्च नेपाल कञ्चनपुरले महेन्द्रनगरमा शुभकामना आदान प्रदान गरेको छ । मिडिया मञ्च नेपाल कञ्चनपुरले नयाँ बर्ष ०८१ को पुर्व सन्ध्यामा शुभकामना आदान प्रदान गरेको हो ।
आइतबार एक कार्यक्रमका विच भीमदत्त नगरपालिका ५ बनखेत स्थित मिडिया मञ्च नेपालको जिल्ला सम्पर्क कार्यालयमा शुभकामना आदान प्रदान गरेको छ । मिडिया मञ्च नेपाल कञ्चनपुरका अध्यक्ष दिवान आग्रीले नयाँ बर्षको पुर्व सन्ध्यामा शुभकामना आदान प्रदान गरेको बताए ।
अध्यक्ष आग्रीले नयाँ बर्षसंगै सबैतिर सुखशान्ति सम्बृद्धिको कामना गरेका छन । अध्यक्ष आग्रीले दार्चुला स्थित भारतीय पक्षबाट अतिक्रमित गरिएको लिपुलेक, कालापानी, लिम्पियाधुराको बस्तुगत अवस्था बुझ्दै त्यहाँका जनताको चाहना बुझ्ने बताए ।
अध्यक्ष आग्रीले सुदूरको बृद्धि विकास र जनताका आधारभूत समस्यामा मिडिया मञ्च साथमा रहेको बताए ।
कार्यक्रममा सहभागि पत्रकारले मिडियामञ्चप्रति आभार प्रकट गरेका छन ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल पत्रकार महासंघ कञ्चनपुरका सह सचिव पहिलाद रानाले मिडिया मञ्चले थप आगामी दिनमा जनता मुद्दा उठाउन भूमिका निर्वाहमा जोडदिए । मिडिया मञ्च नेपाल कञ्चनपुरका महासचिव अम्बादत्त तिवारीले संचालन गरेका थिए ।
Discussion about this post