बेलडाँडी वडा नं.५ ले ल्यायो एसइइ दिएकाहरुका लागि यस्तो अवसर

बेलडाँडी गाउँपालिका वडा नं.५ ले एसइइ दिएर घर बसेकाहरुका लागि विशेष कार्यक्रम ल्याएको छ । वेलडाँडी गा.पा. वडा नं. ५ मा आ.व.२०८०÷०८१ को स्विकृत योजना तथा कार्यक्रम अनुसार भाषा तथा प्राविधिक (कम्प्यूटर) शिक्षा अन्र्तगत बेसिक कम्प्यूटर तालिम कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ ।

 

वडा कार्यालयले भर्खरै सम्पन्न भएको एसइइ परीक्षा दिएर घर बसेकाहरुलाई मध्यनजर गर्दै निशुल्क बेसिक कम्प्युटर तालिम दिने तयारी गरेको हो । वडा कार्यालयले आज एक सूचना निकाल्दै तालिम लिन ईच्छुक यस वडा अर्न्तगत रहेका बैजनाथ मा.वि. र गणेश मा.वि. का एसइइ दिएर बसेका विद्यार्थीहरुले आफुले अध्ययन गरेको विद्यालयमा गई २०८० सालको एसइइ को प्रवेश पत्रको फोटोकपी र २ वटा पासपोर्ट साइजका फोटाहरु पेश गर्न ७ दिने सूचना वडाध्यक्ष ईन्द्र बहादुर खडकाले हस्तक्षर गरेको सूचना विज्ञप्तीमा जारी गरिएको छ ।

 

यस कार्यक्रमले घरमा खाली बसेका विद्यार्थीहरुलाई थप ज्ञान प्राप्त हुने विश्वास लिइएको छ । अध्यक्ष खडकाले चालेको यो कदम विद्यार्थीहरुका लागि अति उपयोगि हुने मानिएको छ । यस कदमको स्थानीयहरुले सम्मानजनक कार्य भएको बताएका छन् । यस्ता कार्यक्रमले विद्यार्थी भाइबहिनीहरुको थप क्षमता विकास हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित