कञ्चनपुर, जेठ १। अखिल क्रान्तिकारी(बैद्य समुह)ले कञ्चनपुरका सात विद्यालयमा खानेपानी एव सरसफाई समाग्री वितरण गरेको छ ।
मंगलबार विद्यार्थी दिवसको अवसर पारेर बैद्य निकट अखिल क्रान्तिकारीले जिल्लाका सात विद्यालयमा खानेपानी एव सरसफाई समाग्री वितरण गरेको हो ।
अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेशका इन्चार्ज सुरेन्द्र धानुकले दिवसका अवसरमा सामुदायिक विद्यालयमा विद्यार्थीको सहजताका लागि केही समाग्री वितरण गरिएको बताए ।
उनका अनुसार महेन्द्रनगर मावि, बैजनाथ मावि, शान्ति निकेतन, बैजनाथ आधारभूत, लक्ष्मी मावि गौरीशंकर आधारभूत र त्रिभुवन माविमा पानी पिउने बाल्टी, गिलास र डस्टबिन वितरण गरिएको छ । आजै साँझ अमर सहीद विद्यालयमा शुभकामना आदान प्रदान कार्यक्रम राखिएको छ ।
Discussion about this post