बेदकोटमा वनको जमिन सरक्षण गर्न तारबार

कञ्चनपुर, १७जेठ । कञ्चनपुरको एक सामुदायिक वनको जमिन सरक्षणका लागि तारबार गरिएको छ । बेदकोट नगरपालिका ७मुसेपानीमा रहेको अमर सामुदायिक वनको जमिन सरक्षण गर्न तारबार गरिएको हो ।

मुसेपानी स्थित महाकाली सिँचाई तेस्रो चरणकोे नहरसंगै दक्षिण तर्फ जोडिएको सामुदायिक वन खण्ड–२को जमिन सरक्षणका लागि तारबार गरिएको जनाएको छ ।
अमर सामुदायिक वनका अध्यक्ष मोहन बहादुर चन्दले अतिक्रमणबाट जोगाउन वनको जमिनमा तारबार गरिएको बताए । उनका अनुसार जमिनमा तारबारसंगै सडक विस्तार समेत गरिएको छ ।

चुरे सरक्षण संञ्जाल नेपालले सहयोग गरेपछि झण्डै ३सय ४२मिटरमा तारबार गरिएको छ । ‘यो जमिनमा भावि दिनमा बाटिका, उद्यान नर्सरी बनाउन सकिन्छ, ‘उनले भने, ‘त्यही भएर आज हामीले तारबार गरेर सरक्षण गरेका छौँ ।’

चुरे सरक्षण सञ्जाल नेपालका अध्यक्ष रविन्द्र कुँवरले पश्चिम तराई भूरिधी कार्यक्रम मार्फत उक्त स्थानमा तारबार गरिएको बताए । ‘यो स्थान सरक्षणको अभावमा जोखिममा थियो, ‘उनले भने, ‘हामीले अहिले तारबार लगाएर सरक्षण गरेका छौँ ।’

भावि दिनमा सरक्षण सहितका विवित प्रयोजनका लागि तारबार गरिएको बताए । स्थानीयले समेत तारबार गरिएसंगै उक्त जमिन सरक्षण हुने अपेक्षा राखेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित