धनगढी : नेकपा एमालेका कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर१(क) बाट निर्वाचित प्रदेश सभा सदस्य बिर बहादुर थापा (पातल) सुदूरपश्चि प्रदेश सरकारको वन, वातावरण तथा सहकारी मन्त्री बनेका छन् । आज (आईतवार) मात्रै थापा सुदूरपश्चिम प्रदेशको वन, वातावरण तथा सहकारी मन्त्रीको रुपमा पदभार ग्रहण गरेका हुन ।
उनले सपथपछि कार्यभार सम्हाल्दै मन्त्रालय मातहतका निकाय तथा कार्यरत कर्मचारीहरुमा सुशासन कायम गरि सेवा प्रवाहलाइ चुस्त दुरुस्त प्रभावकारी र जनमुखी बनाउन शासकिय सुधार सम्बन्धि कार्यबिधी बनाइ लागू गर्ने पहिलो नीतिगत निर्णय गरेका छन् ।
नेकपा माओवादी केन्द्रको नेतृत्वमा भएको सशस्त्र द्वन्द्वका बेला ७ वर्ष जेल परेका कञ्चनपुरको पुनर्वासका वीरबहादुर थापा ‘पातल’ नेकपा एमालेबाट सांसद हुँदै मन्त्री बनेका छन् ।
तत्कालीन माओवादी र एमाले एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेका बेला उनी कञ्चनपुर जिल्ला कमिटी संयोजक हुँदै नेकपा एमालेमै रहेका थिए । नेकपाको निरन्तरता हुँदै एमालेमा रहेका पातललाई अजा पुर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन ।
माओवादीमा हुँदा उनले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुपर्नेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी विना मगरलाई उम्मेदवार बनाइएको थियो । माओवादीमा लामो योगदान रहेका उनी पछि प्रचण्डकी बुहारी मगरको छायाँमा पर्दै गएका थिए ।
माओवादीमै हुँदा उनी पुनर्वास नगरपालिकाको नगर प्रमुख ९मेयर० पदमा चुनाव लड्दा नेकपा एमालेसँग पराजित भएका थिए ।
एमालेमा लागेपछि उनी कञ्चनपुरको प्रदेशसभा निर्वाचन क्षेत्र १९१० बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । एमालेले उनलाई सार्वजनिक लेखा समितिको सभापति समेत बनाएको थियो ।
Discussion about this post