शुनिल राना, असार २१ । कञ्चनपुरको एक स्थानीय सरकारले जिल्लाका संचारकर्मीहरुका लागि स्वास्थ्य पत्रकारिता तालिम संचालन गरेको छ । जिल्लाको जेठो भीमदत्त नगरपालिकाले जिल्लाका संचारकर्मीहरुका लागि स्वास्थ्य पत्रकारिता तालिम संचालन गरेको हो ।
एक दिने स्वास्थ्य पत्रकारिता तालिमको उद्घाटन गर्दै भीमदत्त नगरका उपमेयर निलम लेखकले स्वास्थ्य क्षेत्रका मुद्दा उठान गर्दै सुधारका लागि भूमिका निर्वाह गर्न पत्रकारहरुलाई स्वास्थ्य पत्रकारिता तालिम लिएको बताईन ।
तालिममा नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष तथा सुप प्रदेशका संयोजक डा. प्रशान्त भट्टले प्रदेशमै थुप्रै स्वास्थ्य समस्या भएकाले समाधानका लागि संचारकर्मीको सकारात्मक भुमिका हुने बताए । हेल्थ टुडेका सम्पादक पदमराज जोशी र स्वास्थ्य खबरका सम्पादक प्रविन ढकालले प्रशिक्षण दिएका थिए ।
भीमदत्त नगरपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले स्वास्थ्य क्षेत्र जस्तो अति सम्वेदनशिल क्षेत्रमा संचारकर्मीले रिर्पोटिका लागि सम्बेदनशिल हुनुपर्नेमा जोडदिए ।
भीमदत्त नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल चिकित्सक संघको प्राविधिक सहयोगमा तालिम संचालन गरिएको थियो । भीमदत्त नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत भीम बहादुर महराले संचालन गरेको कार्यक्रममा जिल्लाभरीका संचारकर्मीको सहभागिता रहेको थियो ।
कञ्चनपुरका पत्रकारहरुले भीमदत्त नगरपालिकाले स्वास्थ्य क्षेत्रका विषय उठानका लागि नयाँ कार्यक्रम ल्याएको भन्दै आभार प्रकट गरेका
छन ।
Discussion about this post