गाँउ पस्यो चौधर नदी, जनता विस्थापित

विमल धामी/कञ्चनपुर, २४ असार । कञ्चनपुरको ठुलो नदीको रुपमा रहेको चौधर नदी गाँउ पसेको छ । बेलडाँडी गाँउपालिका ५ईमलियामा चौधर नदी गाँउ पसेको हो ।

चार दिनदेखिको लगातारको भारी बर्षाका कारण चौधर नदीको सतह बढेर गाँउ परेको छ ।
बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले नदीमा वढी भएको पानी महाकाली सिँचाईको तटबन्ध भत्काएर गाँउ पसेको बताए ।

चौधर नदीबाट विस्थापित हुन नसक्ने सयौँ परिवार गणेश मावि विद्यालय सुरक्षित स्थानमा सकेका छन ।
उक्त क्षेत्रमा गाँउपालिका जेसिभी सहितका सुरक्षा निकायले बाँध भरान गर्दै नदीको पानी गाँउपस्नबाट रोकिरहेका छन ।
आइतबार चौधर नदीमा आएको वाढीले बगाँउदा वेपत्ता भएका युवक अझै फेला परेका छैनन ।
माछा पार्नका लागि नदीपारी गएका बेलडाँडी गाँउपालिका ३ वैवाहका २३ बर्षिया युवक डम्बर चौधरी अझै वेपत्ता भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित