बेलडाँडी, १८ भाद्र । नेपाल प्रहरीका ५ सय ८७ प्रहरी निरीक्षकहरुको सरुवा,काज अन्तर्गत बेलडाँडीका प्रहरी निरीक्षक कृष्ण बहादुर कुँवरको सरुवा काठमाडौंको प्रहरी वृत्त बौद्धमा भएको छ भने बेलडाँडीमा नयाँ प्रहरी निरीक्षक दिपेन्द्र बहादुर चन्दको इन्ट्री हुने भएको छ । चन्द नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय थापाथली काठमाडौं विद्युतिय कसुर तथा साईवर अपराध अनुसन्धान शाखाबाट सरुवाभई आउन लागेका हुन् ।
बेलडाँडी प्रहरी प्रमुख कुँवरको १ बर्षे बेलडाँडी कार्यकाल सन्तोष जनक निर्विवादित रहेको थियो । बेलडाँडीमा सञ्चालनमा रहेको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम प्रहरी प्रमुख कुँवर आएपछि प्रभावकारी बन्दै गएको थियो । उक्त अभियान अन्तर्गत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने आपराधिक घटना तथा सामाजिक विकृति नियन्त्रण हुन थालेका थिए ।
‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम निकै फलदायी भएको छ, समाजमा हुने आपराधिक क्रियाकलापमा पनि निकै कमी आएको छ । विद्यालयदेखि समुदायसम्म सचेतनामूलक कार्यक्रम गर्दा त्यसबाट पाएको शिक्षाले नागरिक जागरुक भएको स्थानीयको भनाई छ । स्थानीयहरुका अनुसार समुदायमा हुने विभिन्न कुरिती, अपराधसम्बन्धी घटना रोक्न प्रहरीले गाउँगाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा फाईदै भएको बताएका थिए ।
Discussion about this post