शिक्षकहकहित सहकारीद्वारा उत्कृष्ट विद्यार्थी बेलडाँडीका सुभाषलाई सम्मान

बेलडाँडी, २४ कार्तिक । कञ्चनपुरको महेन्द्रनगरमा रहेको शिक्षकहकहित बचत तथा ऋण सहकारी संस्थाले उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र वि.स. २०८० मा सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा एसइइमा यस सहकारी संस्थाका शेयर सदस्य बम बहादुर बुढाका सुपुत्र सुभाष बुढाले गणेश माध्यमिक विद्यालय भुर्षा, बेलडाँडीबाट सहभागि भई ३.९१ जीपिए प्राप्त गरि ६ सय २६ शेयर सदस्यहरुका छोराछोरी मध्ये उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै सहकारीले उज्ज्वल भविष्यको कामना सहित शुभकामना प्रदान गर्नु भयो ।

सुभाषले कञ्चनपुर क्षेत्र नं.१ उत्कृष्ट नतिजा हासिल गरेकाले संस्थाको बाह्रौं बार्षिक साधारण सभाको अवसरमा नगद, प्रशंसा पत्र सहित सम्मान गरेको संस्थाले जनाएको छ । उत्कृष्ट विद्यार्थीका बुवा बम बहादुर बुढालाई उक्त सम्मान प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चि सरकारका पुर्व मुख्यमन्त्री एवम् प्रदेश सदस्य राजेन्द्र सिंह रावलले दोसल्ला नगद र प्रशंसा पत्र सहित सम्मान गरेका थिए ।

संस्थाको आज आयोजित १२औं वार्षिक साधारण सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रावलले आर्थिक विकासको लागि सहकारीको महत्वपूर्ण भूमिका हुने बताएका छन् । शिक्षकहकहितका रुपमा उत्कृष्ट कार्य गर्दै आएको यस सहकारीले शेयर सदस्यहरुको आर्थिक विकासको लागि खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रशंसा समेत गर्नु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित