बेलडाँडी, बेलडाँडी गाउँपालिमा रहेको एकमात्र उच्च शिक्षा दिने संस्था रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसको लापरवाहीले स्नातक प्रथम बर्ष अध्ययनरत दुईजना छात्रा परीक्षा दिनबाट बन्चित भएका छन् ।
रौलेश्वर क्याम्पसमा विएड प्रथम बर्ष अध्ययनर सविना खत्री र विविएस प्रथम बर्ष अध्ययनरत हरिना जोशी आजबाट शुरुभएको प्रथम बर्षको परीक्षा दिनबाट बन्चित भएका छन् । क्याम्पसको गैरजिम्मेवारीपनले उनीहरु परीक्षा दिनबाट बन्चित भएका हुन । परीक्षाको तयारी गरेर महाकाली बहुमुखी क्याम्पस बेलौरी पुगेका उनीहरुलाई गेटबाटै इन्ट्री कार्ड नभएको भन्दै फिर्ता गरिदिएको छ ।
परीक्षा शुल्क सहित परीक्षा फर्म भरेका उनीहरुको क्याम्पसले नै अनलाईन फर्म भर्न छुटेको क्याम्पस प्रमुख प्रयागराज जोशीले स्वीकार गरेका छन् । क्याम्पस प्रमुख जोशीका अनुसार सविनाको क्याम्पसकै प्राविधिक कारण छुटेको र हरिनाले परीक्षा फम नभरेको, शुल्क नबुझाएकाले उनकै गल्तीले छुटेको बताउनु भयो । सविनाको अव हुने दोस्रो परीक्षमा समावेशीकालागि नियन्त्रण कार्यालयमा पहल गर्ने जोशीले जनाएका छन् ।
नियमित रुपमा क्याम्पसमा अध्ययनतर उनीहरुले सम्पुर्ण काजज पत्र र परीक्षा शुल्क सहित क्याम्पस प्रशासनमा बुझाएको रौलेश्वर स्ववियु सभापति दिलेन्द्र प्रसाद बडुले जानकारी गराउनु भयो । बडुका अनुसार क्याम्पसले विद्यार्थीहरुको भविष्यमा नै खेलवाड गर्न खोजेको बताए । बिद्यार्थीले बर्षभरि पढेर सबै प्रक्रिया समेत पुर्याउदा परीक्षा दिन नपाउनु कस्को गल्ती ? निर्दोष विद्यार्थीहरुले कहिले सम्म यस्तो प्रशासनको कारण कहिले सम्म दुःख पाउने भन्दै दुखेसो पोखेका छन् ।
स्ववियु सभापति बडुले आफ्नो फेसबुमा सबैको ध्यान तान्दै यस्तो कुरा उल्लेख गरेका छन् ः यस बेलडाँडी गा.पा. को एक मात्र उच्च शिक्षा दिने रौलेस्वर जनता आदर्श बहुमुखी क्याम्पसमा स्नातक प्रथम बर्षमा अध्यनरत २ जना विद्यार्थीको परीक्षा फम क्याम्पसले भर्न बिर्सिएर परिक्षा रोकियको छ ?
नियमित रुपमा क्याम्पसमा अध्यनगर्ने बिद्यार्थीहरुले सम्पुर्ण काजज पत्र र परीक्षा शुल्क सहित क्याम्पस प्रसासनमा बुझाएर ! आज महाकाली बहुमुखी क्याम्पस बेलौरीमा परीक्षा दिन जादा प्रवेश पत्र नै छैन भनि फिर्ता आएको छ । किन रोकिएको भनि बुज्दै जादा क्याम्पसले नै फम परीक्षा नियन्त्रण कर्यालयमा नबुजाएको कारण खुल्न गएको छ । विद्याथीले वर्ष भरि पडेर परिक्षा दिन नपाउनु कस्को गल्ति हो कठै मेरो क्याम्पस । यो क्याम्पसले गरेको गल्तिको कारण निर्दोष विद्यार्थीले कहिले सम्म सजाय भोग्ने ?????पटक पटक मैले खबर्दारि गर्दा तपाइले ब्याक्तिगत लिनु भयो महोदय! हरेक पटक क्याम्पस को गल्ति ले प्रतेक बर्स बिध्यार्थि ले एसरि नै सजाय भोगिरहेका छ्न एस्को जवफदेहि को हुने ???
स्थानीय सरकार, समाजसेवी, बुधिजिबि,विभिन्न राजनीतिक दल का प्रतिनिधि, साथै सम्पुर्ण आजिवन सदस्य र अभिभावक ज्यु क्याम्पस संचालक समिति, तथा बिध्यार्थि भाइबैनि हरु जुन तपाई को त्याग र तपस्या को कारण यस क्षेत्रमा उच्च शिक्षा हासिल गर्ने क्याम्पस स्थापना भयो। साथै जुन सस्था लाइ यो स्थान सम्म पुर्याउनु भयो त्यो सस्था लाइ अजै यो भन्दा बलियो उच्च स्थान मा पुर्याउन सकिन्थ्यो! सम्पुर्ण को ध्यानाकर्षण नहुदा जिण बन्दै गएको कुरा अवगत गराउन चाहान्छु?।
Discussion about this post