बेलडाँडी गाउँपालिका वडा नं. ५ मा नयाँ प्रशासकीय भवनको शिलान्यास

बेलडाँडी– बेलडाँडी गाउँपालिका वडा नं. ५ को नयाँ प्रशासकीय भवनको शिलान्यास गरिएको छ । आज (विहीबार) एक विशेष समारोहका बीच भवनको शिलान्यास गरिएको गाउँपालिकाले जनाएको छ ।

बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले उक्त भवनको शिलान्यास गरेका हुन् । वडाध्यक्ष इन्द्रबहादुर खडकाका अनुसार, वडाको पुरानो भवन (रौतेली गा.वि.स भवन) जीर्ण बन्दै गएपछि नयाँ भवनको आवश्यकताको महसुस गरि बजेट माग गरिएको थियो । सोही अनुरूप भवन निर्माणका लागि ठेक्का सम्झौता समेत भइसकेको जनाए ।

नयाँ भवन निर्माणका लागि ६५ लाख रुपैयाँमा क्रिस निर्माण सेवासँग सम्झौता गरिएको वडाध्यक्ष खडकाले जानकारी दिए ।

पालिका प्रमुख रानाले वडा कार्यालयलाई छिटोछरितो सेवा प्रवाह गर्न सकियोस् भन्ने उद्देश्यले भवन निर्माण कार्य अघि बढाइएको बताए । रौतेली विचवा गाउँ विकास समिति रहने बेलादेखि बनेको पुरानो भवन जीर्ण भइसकेकाले दुर्घटनाको जोखिम न्यूनीकरण गर्न पनि नयाँ भवन निर्माणको आवश्यक परेको उनले उल्लेख गरे । बेलडाँडी विकासका लागि प्रशासकीय पूर्वाधारको सुधार अपरिहार्य रहेको प्रमुख रानाले बताए ।

शिलान्यास कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका नेताहरू, स्थानीय बासिन्दा तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित