बेलडाँडी झरनासागरको सरस्वती स्कुलमा ४ कोठे भवनको शिलान्यास

बेलडाँडी, ३ फाल्गुन – बेलडाँडी गाउँपालिका वडा नं. १ स्थित झरनासागरको सरस्वती माध्यमिक विद्यालयमा शैक्षिक सुधारका लागि ४ कोठे नयाँ भवनको शिलान्यास गरिएको छ। शनिबार आयोजित एक समारोही कार्यक्रममा विद्यालयले उक्त भवनको शिलान्यास सम्पन्न गरेको हो।

यस अवसरमा बेलडाँडी गाउँपालिका प्रमुख हरिश्चन्द्र रानाले भवनको शिलान्यास गर्दै विद्यालयको शैक्षिक अवस्थालाई सुधार गर्न र विद्यार्थीहरूको अध्ययन वातावरणलाई उन्नति गर्न यस भवनको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे।

उनले भने, “अन्य विद्यालयहरूमा पनि गुणस्तरीय भवनहरूको आवश्यकता छ, र यस भवनले विद्यालयमा शिक्षा क्षेत्रको सुधार र गुणस्तरीय विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने छ।”

४ कोठे भवनको कुल लागत ५५ लाख रुपैयाँ रहेको विद्यालयका प्रधानाध्यापक बिष्णु भण्डारीले जानकारी गराउनु भयो। उहाँले उपभोक्ताले गर्ने कामको प्रभावकारिता र पारदर्शितामा जोड दिँदै निर्माण कार्यको निगरानी र अनुगमनका लागि सबै पक्षलाई सक्रिय हुन आग्रह गर्नुभयो।

यस नयाँ भवनको निर्माणले विद्यालयको सौन्दर्यतालाई मात्र सुधार्ने छैन, साथै शिक्षण कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षासमेत गरिएको छ। यस भवनले विद्यार्थीहरूको लागि नयाँ सम्भावनाका ढोकाहरू खोल्ने विश्वास स्थानीयवासीहरूले व्यक्त गरेका छन्।

विद्यालयका शिक्षक र अभिभावकहरू यो परियोजनालाई एक नयाँ युगको सुरुवातको रूपमा देख्दै छन्, जसले शैक्षिक क्षेत्रमा थप गुणस्तरीयता र समृद्धि ल्याउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित