गौसंरक्षणमा मानवता हराउँदै, समाजसेवी चौधरीद्वारा झिलमिला गौशालालाई पराल सहयोग

बेलडाँडी – हिन्दू धर्ममा गाईलाई माता मानिन्छ, तर पछिल्लो समय मानिसहरू गौसंरक्षणमा आफ्नो दायित्व बिर्संदै गएका छन् । दूध दिने बेलासम्म स्याहार्ने तर थाकेसँगै गाईलाई बेवारिसे बनाउने प्रवृत्तिले झिलमिला गौशालाजस्ता स्थानमा गाईगोरु पाल्ने चुनौती थपिँदै गएको छ ।

यस्तै परिस्थितिमा बेलडाँडी गाउँपालिका वडा नं.५ झिलमिला निवासी समाजसेवी विक्रम चौधरीले गौशालामा रहेका गाईगोरुका लागि एक ट्रली पराल सहयोग गरेका छन्। किसान मध्यवर्ती सामुदायिक वनमा रहेको उक्त गौशालाका लागि चौधरीले गरेको यो सहयोग अत्यन्तै प्रशंसनीय रहेको सामुदायिक वनका अध्यक्ष नरेन्द्र रोकायाले बताए ।

गौशालामा पराल किन्ने अवस्था समेत कठिन हुँदै गएपछि समाजसेवी तथा स्थानीय श्रद्धालुहरूले विभिन्न अवसरमा सहयोग गरिरहेको रोकाया बताउँछन् । “कसैले जन्मदिनमा, कसैले अन्य अवसरमा नुन–गुड़ लगायतका सामग्री ल्याउने गरेका छन्,“ उनले भने । “तर, गौशाला सञ्चालनको स्थायी व्यवस्था गर्न सकिएको छैन ।“

स्थानीय सरकारले न पूर्ण जिम्मेवारी लिएको छ, न त पर्याप्त सहयोग नै गरेको छ । गाउँपालिकाले केवल चार जना चौकीदारको सामान्य तलब र गौशाला निर्माणमा सहयोग गरे पनि गाईगोरुका लागि पराल र घाँसको व्यवस्था गर्न नसकेको गौशालाका पदाधिकारीहरूको गुनासो छ ।

केही वडाहरूबाट घरपालुवा गाईगोरु सिफारिसका आधारमा गौशालामा पठाउने काम भइरहेको स्थानीयहरूको आरोप छ । “जबसम्म दूध दिन्छ, तबसम्म स्याहार्ने, अनि थाकेपछि गौशालामा छोडिदिने प्रवृत्तिले समस्या झन् बढेको छ ।“

हिन्दू धर्म अनुसार गाईलाई माता मान्ने परम्परा रहे पनि आजको समाजमा गौसंरक्षणप्रति मानवता हराउँदै गएको देखिन्छ । मानिसहरूले गाईलाई माया र सेवा गर्ने भन्दा पनि केवल उपयोग गर्ने मानसिकता राख्दा गौशाला व्यवस्थापन जटिल बन्दै गएको छ ।

समाजसेवी विक्रम चौधरीले गरेको पराल सहयोगले समाजमा सकारात्मक सन्देश दिएको छ । स्थानीय तह, संघसंस्था र समाजसेवीहरूले गौशालाको दीर्घकालीन व्यवस्थापनमा हातेमालो गर्न आवश्यक छ । गाईलाई दूध दिन्जेल मात्रै होइन, जीवनभर संरक्षण गर्ने संस्कार पुनस्र्थापित गर्न सबैको योगदान जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित