प्रेस सेन्टर नेपालको उपाध्यक्ष र सचिवमा कञ्चनपुरका ठगुन्ना र अवस्थी निर्विरोध निर्वाचित

काठमाडौं । प्रेस सेन्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशनबाट कञ्चनपुरका पत्रकार रामसिंह ठगुन्ना र राजेन्द्र प्रसाद अवस्थी उपाध्यक्ष र सचिव पदमा निर्विरोध निर्वाचित भएका छन्। यो निर्वाचनले कञ्चनपुरको पत्रकारिता क्षेत्रलाई थप गौरवान्वित बनाएको छ ।

ठगुन्ना खुल्ला उपाध्यक्ष र अवस्थी सुदूरपश्चिम प्रदेश इन्चार्ज (सचिव)का रुपमा निर्विरोध निर्वाचित भएका हुन् ।

काठमाडौंको थापागाउँमा जारी महाधिवेशनले प्रेस स्वतन्त्रता, पत्रकारहरुको हकहित र संगठनको मजबूतीका लागि नयाँ नेतृत्व चयन गर्ने क्रममा कञ्चनपुरका दुई सिनियर पत्रकारलाई महत्वपूर्ण जिम्मेवारी दिदै निर्विरोध निर्वाचित बनाएका हुन । प्रेस जगतमा उनीहरुको सक्रियता र योगदानको उच्च मूल्यांकन गर्दै उनीहरु विरुद्ध उम्मेवारी कसैले नदिदा उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।

अन्य विभिन्न पदहरूमा समेत निर्विरोध निर्वाचित भइसकेका छन् भने बाँकी पदहरूका लागि आज राति निर्वाचन हुने तयारी पूरा भएको पत्रकार नेताहरूले बताएका छन्। महाधिवेशनमा देशभरबाट ८५० जना पत्रकार प्रतिनिधिको रूपमा सहभागी भएका छन्।

शनिबार सुरु भएको महाधिवेशनको उद्घाटन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए। देशभरका पत्रकारहरूको भेला र विचार विमर्शको साझा मञ्चका रूपमा रहेको यो महाधिवेशनले आगामी नेतृत्व तय गर्दै संगठनलाई थप सबल र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

महाधिवेशनले आइतबारसम्म अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव, पाँच उपमहासचिव, १५ सचिव र कोषाध्यक्षसहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ। यस महाधिवेशनलाई प्रेस स्वतन्त्रता र पत्रकारहरुको हकहित संरक्षणको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित