विपक्षीको अडान कायमै, प्रतिनिधिसभा बैठक पुनः स्थगित

काठमाडौं :प्रतिनिधिसभाको आज (मंगलबार)का लागि तय गरिएको बैठक पुनः स्थगित भएको छ । सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार बैठक अब भोलि (बुधबार) दिउँसो १ बजेका लागि सारिएको छ ।

आज बिहान ११ बजेका लागि तय भएको बैठक सुरुमा दिउँसो २ बजे सारिएको थियो । तर, गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै विपक्षी दलहरूसँगको छलफलमा सहमति नजुटेपछि बैठक पुनः स्थगित गरिएको हो ।

भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरू गृहमन्त्री लेखकको राजीनामाको माग गर्दै आएका छन् । सभामुख घिमिरेले आज पनि विपक्षी दलहरूसँग छलफल गरेका थिए, तर कुनै सहमति बन्न सकेन । दुवै पक्ष आफ्ना अडानमा कायम रहे ।

बैठक स्थगित भएपछि संसद् भवनमा भेला भएका सांसदहरू बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित