जीवनसँगको संघर्षमा बेलडाँडीकी सुनिता बलायर, सहयोगको अपिल

हरिश्चन्द्र बाग/बेलडाँडी । बेलडाँडी घर र बेलौरी–कलकत्ता माइतीघर भएकी सुनिता बलायर अहिले जीवनकै कठिन युद्ध लडिरहेकी छन् । रोगसँगको यो सङ्घर्ष केवल उहाँकै लागि होइन, सारा परिवारका लागि पनि ठूलो परीक्षा बनेको छ ।

पहिल्यैदेखि एक हातको अपाङ्गता भोग्दै आउनु भएकी सुनिता अहिले क्यान्सर रोगसँग जुधिरहनु भएको छ । डाक्टरहरूले उहाँलाई अब ‘किमोथेरापी’ (किमो) उपचार गर्नुपर्ने बताएका छन् । तर किमोथेरापीका लागि लाग्ने रकम उहाँको परिवारका लागि ठूलो चुनौती बनेको छ ।

सुनिताका श्रीमान् उमेरले वृद्ध हुनुहुन्छ र भारतमा काम गरेर परिवारको गुजारा चलाउँदै आउनु भएको छ । तर उहाँको आम्दानीले उपचार खर्च धान्न असम्भव बनेको छ । दुई सन्तानकी आमा सुनिता सधैं एक हातको अपाङ्गता भोग्दै पनि दृढतापूर्वक जीवनयापन गर्दै आउनु भएको थियो, तर अहिले फेरि रोगसँगको युद्ध लड्दै हुनुहुन्छ ।

सुनिताकी आमा नन्दा बिष्टले छोरीको जीवन बचाउन देश–विदेशमा रहेका शुभेच्छुकहरूलाई सहयोगको अपिल गर्नुभएको छ । उहाँले भन्नुभयो, “छोरीले धेरै दुःख भोगिसकी, अब त उसले बाँच्न पाओस् भन्ने मात्रै चाहना छ।”

सुनिता बलायरको उपचारका लागि सहयोग गर्न चाहनेहरूले उहाँकी बहिनी सरिता बिष्टको नाममा रहेको नविल बैंक खाता नं. 24810017508388 मा सहयोग रकम पठाउन सक्नेछन् ।

थोरै सहयोगले पनि सुनिताको जीवनमा नयाँ आशा जगाउन सक्छ ।
आउनुहोस्, आफ्ना साना सहयोगका माध्यमबाट उहाँको जीवनमा फेरि उज्यालो ल्याउन हातेमालो गरौँ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित