मुख्यमन्त्री रावलको भविष्य उन्मुक्तिको हातमा,  आज विश्वासको मत नदिए कांग्रेसलाई सरकार बनाउन बाटो खुल्ने

29
VIEWS

धनगढी,
नागरिक उन्मुक्ति पार्टीको अडान कायमै रहेकाले सुदूरपश्चिम प्रदेश सरकार पूर्णता नपाउँदै सङ्कटमा परेको छ ।

मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत लिन आज बेलुकी ५ बजेसम्मको समय छ। उहाँले आज विश्वासको मत लिन नसकेमा अर्को सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ ।

संविधान बमोजिम मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । यस अवधिमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

नागरिक उन्मुक्ति पार्टीलाई सहमतिमा ल्याउन एमाले नेताहरुले लगातार प्रयास गरे पनि सफल हुन सकेका छैनन । एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो बेलुकी नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठसहितका नेताहरुसँग कुरा गर्नुभएको थियो ।

टीकापुर घटनाका आरोपमा जेल सजाय खेपिरहेका रेशम चौधरीसहितका नेतालाई रिहा गर्नुपर्ने नागरिक उन्मुक्ति पार्टीको अडान छ । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद छन् । नागरिक उन्मुक्ति पार्टीले गएको पुस २७ गते मुख्यमन्त्री नियुक्त हुँदा साथ दिएको थियो, सरकारलाई विश्वासको मत दिन पनि उसको साथ अनिवार्य चाहिन्छ । नागरिक उन्मुक्ति पार्टीको साथ नपाउने भएपछि हिजो बोलाइएको प्रदेश सभा बैठक स्थगित गरिएको थियो ।

आज दिउँसो १ बजे फेरि बैठक बोलाइएको छ । नागरिक उन्मुक्तिले विश्वासको मत नदिए कांग्रेसलाई ठूलो दलको हैसियतमा नयाँ सरकार बन्ने बाटो खुल्नेछ । तर कांग्रेस नेतृत्वमा बन्ने सरकारले बहुमत पाउन पनि सजिलो हुनेछैन ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ५ र राप्रपाका १ सांसद छन् । सरकार गठनको लागि कम्तीमा २७ सांसदको समर्थन चाहिन्छ ।

कांग्रेसलाई सरकार गठनको लागि एकीकृत समाजवादीसँगै नागरिक उन्मुक्ति वा माओवादीको साथ आवश्यक पर्छ । तर त्यहाँ माओवादी या नागरिक उन्मुक्ति पार्टीले गठबन्धन फेरेर सरकार बनेमा केन्द्रमा एमाले नेतृत्वको सत्ता गठबन्धन नै समस्यामा पर्नेछ ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार