माओवादी निकट अखिल क्रान्तिकारी संगठन विस्तारमा

35
VIEWS

कञ्चनपुर,
अखिल क्रान्तिकारी कञ्चनपुरमा संगठन विस्तारमा जुटेको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी जिल्लामा संगठन विस्तारमा जुटेको हो ।

अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन सिह विष्टले विश्वविद्यालय, क्याम्पस तथा विद्यालयमा संगठन विस्तार गरिरहेको बताए । अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक विष्टले आगामी चैत्रमा हुने स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन, आम विद्यार्थीका विद्यमान समस्या समाधान गर्नका लागि संगठन विस्तारमा जुटेको बताए ।

क्रान्तिकारी कञ्चनपुरका संयोजक विष्टका अनुसार भानु बहुमुखी क्याम्पसमा उर्मिला चन्दको अध्यक्षतामा ४७ सदस्यीय, जनज्योती बहुमुखी क्याम्पसमा नविन जोशीको अध्यक्षतमा ३१ सदस्यीय,वारिधी कलेजमा निसा जोशीको अध्यक्षतामा २७ सदस्यीय, उदय सरस्वती बहुमुखी क्याम्पसमा प्रति चन्दको अध्यक्षतमा २३ सदस्यीय र बाल जागृती क्याम्पसमा निता भट्टको अध्यक्षमतामा २१ सदस्यीय ईकाइ कमिटि विस्तार गरिएको छ ।

कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा शिक्षा संकाय तर्फ महेश विकको अध्यक्षमा १९ र व्यवस्थापन संकायतर्फ सजना तिरुवाको अध्यक्षतामा १७ सदस्यीय इकाई कमिटी विस्तार गरिएका छन । ‘हामी एकातिर क्रान्तिकारीमा विचारमा आबद्ध विद्यार्थीलाई वैचारिक रुपमा गोलबद्ध गर्दैछौँ, ‘क्रान्तिकारी कञ्चनपुरका संयोजक विष्टले भने, ‘अर्कातिर शैक्षिक विकृती बिरुद्धमा विद्यार्थीमा समेत गराउँदै संघर्षका लागि तयारीमा छौँ ।’

क्रान्तिकारीले कञ्चनपुरमा शैक्षिक माफियाकरणदेखि विकृती बिरुद्धमा संघर्ष गर्दै जाने संयोजक विष्टको भनाईछ । पछिल्ला दिनहरुमा शैक्षिक क्षेत्रमा थुप्रै नीतिगत तथा व्यवहारिक विकृती विद्यमान रहेकाले उक्त विकृत हटाउनका लागि क्रान्तिकारीले संघर्षको आँधिबेरी ल्याउँदै जिल्लाभरी निरन्तर संगठन विस्तार जारी राख्ने संयोजक विष्टले बताए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार