कञ्चनपुरकाे बेलाैरीमा रानाथारुकाे बृहत हाेली मिलन कार्यक्रम सम्पन्न भएको छ । रानाथारु भलमन्सा तथा पधना समिति बेलौरीकाे आयाेजनामा कार्यक्रम भएको हाे ।
रानाथारु भलमन्सा तथा पधना समितिका बेलौरी नगर अध्यक्ष तथा यस कार्यक्रमका सभापति सुरेश बडायक रहनुभएको थियो भने त्यसै गरे कार्यक्रमका विशिष्ट अतिथिमा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरी रहनुभएको थियो त्यस्तै अर्का आकर्षक विशिष्ट अतिथिमा रहनुभएका संविधान सभा सदस्य पुरन राना त्यस्तै गरी कार्यक्रमका अतिथि मा रहनुभएका नेकपा माओवादीका केन्द सुदुरपश्चिम प्रदेश सचिवालय सदस्य अमर चौधरी रहनुभएको थियो ।
कार्यक्रममा बाेल्दै नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम पुर्व खानेपानी मन्त्री बिना मगरले हाेली पर्व रङ्गकाे पर्व मात्र नभएर राना थारु समुदायकाे पहिचान र ईतिहास बाेकेकाे पर्व समेत रहेको बताउनु भयाे ।
पश्चिम तराईका कैलाली र कञ्चनपुर जिल्लामा मात्र बसाेबास रहेकाे रानाथारु समुदायले हाेली पर्व विषेश महत्वका साथ मनाउने गर्छन । हाेलीले एकआपसमा अपनत्व, मिलन र सुमधुरता ल्याउने पर्व रहेको बताउदै यसले समाजमा विभेद रहित समाज बनाउन सहयाेग पुग्ने पुर्वमन्त्री बिना मगरले बताउनु भयाे ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले नगरपालिका क्षेत्र भित्र बसोबास गर्ने हरेक जातजातिको संस्कृति जोगाउन आफ्नो र नगरपालिकाको सदैव सहयोग रहने बताउनुभयो ।
सभापतिको आसनबाट बोल्नुहुदै रानाथारु भलमन्सा तथा पधना समितिका बेलौरी नगर अध्यक्ष सुरेश बडायकले राना समुदायले आफ्नो संस्कृति जोगाउन र अधिकार प्राप्तिका लागि एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रम संचालक प्रचारप्रसार उपसमिति सदस्य रेशम चौधरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा रानाथारु समुदायकाे हाेलीमा नाचिने डंका नाच तथा झाँकी प्रदर्शन गरिएको थियाे ।
राना थारु समुदायकाे नयाँ पुस्ताले हाेली पर्व मनाउने परम्परा बिर्सिदै गएकोमा दुख ब्यक्त गर्दै यसलाई अनुसरण गर्न रानाथारु अगुवाहरुले अनुराेध गरेका छन । विगतमा एक महिना सम्म नाचिने डंका नाच अर्थात हाेरी नाच आजभाेलि दुई चार दिनमा मात्र सिमित भएको छ ।
Discussion about this post