कञ्चनपुर,
फागु अर्थात होली पर्वलाई लक्षित गर्दै कञ्चनपुर प्रहरीले जनचेतनामुलक माईकिङ्ग गर्न लागेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्लाभरी जनचेतनामुलक माईकिङ्ग गर्न लागेको हो ।
यस बर्षको होली पर्वमा हुनसक्ने सम्भावित दुर्घटना घटना रोकथामका लागि समाजमा प्रहरीले जनचेतनामुलक कार्यक्तम गर्न लागेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँडीले होलीमा हुनसक्ने सम्भावित दुर्घटना, घटना बारे पुर्व सचेत गराउने उदेश्यका साथ शहर गाँउ सार्वजनिक स्थलमा माईकिङ्ग गरिरहेको बताए ।
प्रहरी चौकी, ईप्रका, वडा, जिल्ला प्रहरीले आ–आफ्नो कार्य क्षेत्रमा माईकिङ्ग गर्दै समेतनामुलक कार्यक्रम संचालन गरिरहेको छ । कञ्चनपुरले यसरी जनचेतनामुलक विषयबस्तु प्रशारण गरिरहेको छ ।
तपशिल
होली पर्वलाई सभ्य, शिष्ट, र मर्यादित तवरले मनाऔँ ।
होली पर्वको नाममा उश्रृंखल कृयाकलाप नगरौँरअपरिचित मानिसहरुको समुहमा होली नखेलौ ।
होली पर्वमा हो(हल्ला गर्ने , गराउने कसैको ईच्छा विपरित जथाभावी लोला हान्ने, रंग छ्याप्ने, जथाभावी अविर फाल्ने आदि जस्ता कार्यहरु नगर्न नगराउन तथा त्यस्ता कार्यमा संलग्न नहुन र अनुशासित मर्यादित तथा व्यवस्थित तवरले फागु९होली० पर्व मनाऔँ ।
महंगा गरगहना लगाई होली खेल्ने ठाँउमा नजाऔँ । अपरिचित मानिसले दिएको कुनैपनि खानेकुरा नखाऔँ ।
मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऔँ ।
मोटरसाईकलमा हेलमेट अनिवार्य लगाई दुईजना भन्दा बढी सवार नगरौ । तिर्व गतिमा सवारी साधन नचलाऔँ ।
ट्राफिक नियमको पुर्णरुपले पालना गरौ । आफू बचौ र अरुलाई पनि बचाऔँ ।
अग्लो, दुर्घटना हुन सक्ने तथा रेलिङ नभएको छतमा होली नखेलौ ।
होली पर्व मनाउदा स्वास्थ्यलाई हानी नोक्सानी पुर्याउने केमिकल रङहरुको प्रयोग नगरौ ।
यदि कसैले कानुन विवरितका कार्यहरु गरे, गराएको पाईएमा प्रचलित कानुन अनुसार कारवाही हुने ब्यहोरा जानकारी गराईन्छ ।
कुनै पनि अपराधिक गतिबिधि हुन लागेको वा भएको थाहा पाएमा तुरुन्त नेपाल प्रहरीको हर्टलाईन नम्वर १०० मा फोन गरौ ।
Discussion about this post